जनकपुरधाम, चैत 16 । प्रदेश २को सरकारले लक डाउन अवधीभर प्रदेश भरिका गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले लक डाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागी खानाको सरकारको तर्फ बाट गर्ने गरेको छ । यसको व्यवस्थापन स्थानीय तह संग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यादवले जनाउनु भएको छ । यसका लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ । यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ । सरकारले कोरोना रोकथामका लागी हाल सम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीति बारे जानकारी गराउन सर्वदलिय बैठकले समेत बोलाएको थियो । सर्बदलिय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु ,काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया