प्रदेश राहत कोषमा रकम आउने क्रमजारी,सिद्धार्थ बैंकले दियो १० लाख, मिन बहादुर गुरुङ्गद्वारा २५ लाखको घोषणा

  • चैत्र १६, २0७६
  • 0
...

जनकपुरधाम, चैत 16। कोरोना भाइरस बाट प्रभावित व्यक्तिहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरुले रकम पठाउन शुरु गरेको छ । राहत कोषमा सबै भन्दा पहिले सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेको छ । सिद्धार्थ बैकका जनकपुर स्थित प्रतिनिधिहरुले १० लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन । यसै गरि भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङ्गले २५ लाख प्रदेश राहत कोषलाई उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश सरकारले २५ करोड रकम राखेर राहत कोषको स्थापना गरेको छ भने मन्त्रीहरुले एक महिनाको तलब उक्त कोषमा राखि सकेको छ। भने प्रदेश सभा सदस्यहरुले समेत घोषणा गर्ने क्रम जारी रहेको छ । प्रदेश सरकारले राहत कोषमा रकम सहयोग गर्न प्रदेश स्थित व्यपारिक घरना, अन्य समाजिक संघ संस्था तथा इच्छुक व्यक्तिहरुलाई समेत आह्वान गरेको छ ।

प्रतिक्रिया