बिरेन्द्र बजार, १७ चैत । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले लकडाउन अबधिभर बाहिर ननिस्कन आग्रह गरेका छ्न । नोभल कोरोना भाईरस ( कोभिड-१९) को संक्रमण विरुद्ध अभियान अन्तरगत सोमबार स्थानीय बासीलाई साबुन र माक्स बितरण गर्दै उनले यस्तो आग्रह गरेका हुन ।
बिश्वब्यापी फैलिएको कोरोना भाईरस नियन्त्रण र रोकथाम गर्ने बिकल्प भनेकै एक ब्याक्ती देखि अर्को संग टाढा बस्नु मात्र हो अध्यक्ष यादवले भने, हामी कोरोना संक्रमण जोखिमबाट सुरक्षित रहन साबुन र माक्स बितरण गरिरहेका छौ । अध्यक्ष यादवले हाम्रो सामुहिक प्रयासले कोरोना संक्रमणबाट वच्न सकिने भएकोले लकडाउनको पुर्ण पालन गर्न आग्रह गरे । जनचेतनाका लागि घरघरमा पुगेर साबुन पानीले हात धुन र माक्सको प्रयोग गर्न आमजनमानसमा संदेश दिईरहेको अध्यक्ष यादवले जानकारी गराए । सामाजिक संन्जालमा संघ र प्रदेश सरकारले बजेट उपलब्ध गराएको भनी फैलाएको भ्रममा सत्यता नरहेको उल्लेख गर्दै अध्यक्ष यादवले हालसम्म पालिकाको श्रोत साधानबाट कोरोना विरुद्ध अभियान चलाएको बताए । यादवले गाउँपालिकाको एकल प्रयासबाट हाल २५ बेडको क्वारेन्टाइन र ६ वटा वडामा हेल्प डेस्क संचालनमा ल्याएको साथै प्रत्येक परिवारलाई साबुन र माकस बितरण गरिरहेको जानकारी दिए । भारत तथा अन्यमुलुकबाट स्वदेश फर्कनेको संख्या अत्यधिक भएकोले क्वारेन्टाइनमा राख्न चुनौती थपिदै गएकोले प्रदेशबाट आएको ब्याक्ती लाई क्वारेन्टाइनमा बस्न सबैले आग्रह गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष यादवको अनुसार हाल विभिन्न वडाका गरि १५ जना क्वारेन्टाइनमा रहेको छ । क्वारेन्टाइनमा अन्यमुलुकबाट स्वदेश फर्केकाहरुलाई राखिएको उनले जानकारी दिए । अतिबिपन्न परिवारलाई बिशेष प्याकेजको ब्यबस्था गर्न तथ्यांक संकलन गर्ने कार्य जारी राखिएको तथा मंगलबार कार्यपालिकाको बैठले निर्णय गरेर खाध्यसामाग्री बितरण गरिने समेत उनले जानकारी दिए । यता लकडाउनको मौका छोपी स्थानीय ब्यापारीले उपभोक्तालाई व्यापक ठ्गि गरिरहेको गुनासो बढिरहेको छ । ढाड सेक्ने गरि महंगी बढाउदा समेत स्थानीय सरकार भने मौन बसेको उपभोक्तहरुले गुनासो गरेका छ्न । स्थानीय पसलहरुमा प्रत्येक सामानमा ३० प्रतिशतले बढाएर सामान बेच्ने गरेको स्थानीय बासीले बताएका छ्न । बिपदको घडीमा दैनिक उपभोग्य सामान बढीमुल्यमा बिक्री गरि फाईदा उठाउन खोज्नेउपर कडाई गरिने अध्यक्ष यादवले बताए । उनले बजार अनुगमन गरि कालाबजारी गर्ने र उपभोक्त ठगी गर्ने लाई छुट नदिने समेत बताए ।
प्रतिक्रिया