कञ्चनपुर, चैत्र १८ गते । सप्तरीका विभिन्न नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्ने गरिब, विपन्न समुदायलाई खाद्यन्न वितरण गरिरहेको छ तर कञ्चनरुप नगरपालिकाले अहिलेसम्म बिपन्न छनौट गर्न सकेको छैन । विश्वभरी फैलिएको कोरोना भारइस (कोभिड १९) को जोखिम नियन्त्रणको लागि सरकारले जारी राखेको लक डाउनको अवधिमा विहान कमाएर साँझ हात मुखजोर्ने दैनिक ज्याला मजदुरी गर्ने मजदुर, गरिब, विपन्न समुदायलाई बिभिन्न पालिकाहरुले भिडभाड नगरी घर मै गएर राहत स्वरुप खाद्यन्न वितरण गरिरहेका छन् तर कञ्चनरुपमा अहिलेसम्म बिपन्नको नाम छनौट हुन सकेको छैन । कञ्चनरुप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८का वडाअध्यक्ष राजकुमार साहले वडाबाट बिपन्नको नमाबली संकलन गरिएपनि त्यसलाई थप फिल्टर गर्नुपर्ने भएकोले राहत बितरणमा ढिलाई भएको बताए । ‘ नगरमा ५५ हजार जनसंख्या छ,वडाबाट बिपन्न भनेर करिब २५ हजारको नाम संकलित भएको छ ।’ प्रवक्ता साहले भने,‘ भोली अरु पार्टीका प्रतिनिधि राखेर आएको नाममध्येबाट बिपन्न छनौट गरि राहत बितरण गर्ने बताए । बिपत्तको बेला हुनेखानेहरुले हरुलाई सहयोग गर्नुपर्नेमा राहतको लागि नाम लेखाएपछि नगरपालिका समस्या भएको वडाअध्यक्ष समेत रहेका साहले बताए । दैनिक मजदुरी गर्ने,ठेला रिक्सा चलाउनेहरुलाई सबभन्दा बढी समस्या थपिएको छ । तर नगरपालिकाले ठोस निर्णय लिन नसक्दा उनीहरुलाई जीवनयापन गर्न कठिनाई भएको छ ।
प्रतिक्रिया