सप्तकोसी नगरपालिकादवारा गरिब विपन्ननकाे विवरण तयार

  • चैत्र १९, २0७६
  • 0
...

शिवप्ररसाद आचार्य

कोरोना भाइरस ( कोभिड 19 ) को सन्त्रास पछि देश भरी लागाइएको लकडाउन को समय अबधी भित्रको राहत सुबिधा का लागि सप्तकोसी नगरपालिका ले नगरका सबै वडा बाट गरिब तथा ज्यालादारी मा काम गर्ने श्रमिक को विवरण तयार पारेको छ। नगरपालिका ले मङलबार सम्ममा नगर का ११ ओटा वडा बाट १ हजार ९ सय ६४ घर परिवार श्रमिक रहेको र उनिहरुका घर परिवार मा ८ हजार ७ सय ७८ जना को संख्या को नामावली तयार गरेको छ। श्रमिकको नाम आउने क्रम जारी रहेकोले यो संख्या अझै बड्ने नगरपालिका का कार्यकारी अधिकृत ललन कुमार कर्ण ले बताए । नगरले मङलबार तयार पारेको श्रमिक को सुचिमा वडा न१ मा३ सय १ ,वडा न २ मा ५ सय ५९,वडा न ३ मा १ सय ५८, वडा न ४ मा १ सय ११, वडा न ५ मा ८७ ,वडा न ६ मा ६६ ,वडा न ७ मा ४९ ,वडा न ८ मा २ सय ४०,वडा न ९ मा २ सय १७ ,वडा न १० मा १ सय ७१ र वडा न ११ मा २ सय ५ जना श्रमिक को नमावली तयार गरेको छ। पूरा नामावली आइसकेपछि लक डाउन अबधी भरको राहत उपलब्ध गराइने नगरपालिका प्रमुख उत्तम कुमार शर्मा ले बताए । यता नगरपालिका ले स्थापना गरेको क्वारेन्टाइन मा मङलबार सम्म २ सय ६ जनाको स्वास्थ्य परिक्षण गरिएको नगर स्वास्थय प्रमुख महेश चौधरी ले बताए। बाहिर बाट आएका मानिस हरु लाई बस्ने बाताबरण बनाए पनि कोहि पनि नबसेको र उनिहरुलाइ होम क्वारेन्टाइन मा निगरानी मा राखेको स्वास्थय प्रमुख चौधरी ले बताए।

प्रतिक्रिया