भारतको जमातमा सहभागी भएर आएका कञ्चनरुपमा निर्बाध घुमेपछि नगरबासीमा त्रास,बैरवामा भारतबाट आएका १८ जनालाई क्वारेन्टाइनमा राख्ने विषयमा प्रहरी र स्थानीयाबीच झडप

  • चैत्र १९, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र १९ गते । भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा सहभागी भएकाहरुमध्ये ३ जनाभन्दा बढी व्यक्ति कञ्चनरुप नगरपालिका छिरेपछि नगरपालिकाभरी डरको माहौल सिर्जना भएको छ । कञ्चनरुप नगरपालिकाबाट १५ जनाभन्दा बढी व्यक्ति जमातमा सहभागीको रहेको खुलेको छ । मरकजमा विश्वका १५ देशका सहभागी करिब १ हजार ७ सयमध्ये १९ जना नेपालकै रहेको खुल्न आएको छ ।

कञ्चनरुप नगरपालिका शिक्षा शाखा संयोजक ललित नारायण यादबका अनुसार उक्त सम्मेलनमा सहभागी भएकाहरुमध्ये एक जना मंगलबार राति घर आइपुगेको बताए । उनले भने,‘राति घरमै बसेका कारण उनको परिवारलाई समेत क्वारेन्टाइनमा राख्नु जरुरी छ ।’ जमातबाट आएका उक्त व्यक्तिलाई गाउँलेहरुले विहान नगरपालिकामा सम्पर्कका लागि पठाएका थिए ।

यता कञ्चनरुप नगरपालिका प्रवक्ता एवं वडा नम्बर ८का वडाअध्यक्ष राजकुमार साहले ती व्यक्ति बिहानै एकजनालाई साथमा लिएर सम्पर्कमा आएको आपूmले उनलाई धरानमा गएर चेकजाँच गर्न जानु भनेर पठाएको बताए । मंगलबार राति नै कञ्चनरुप नगरपालिका –१ बैरवामा १८ जनाभन्दा बढी व्यक्ति भारतबाट आएपछि पुरै वडाभरी डर त्रास फैलिएको छ ।

भारतबाट आएका सबैलाई राति गाउँको विद्यालयमा क्वारेन्टाइनमा राखिएपछि स्थानीय र प्रहरीबीच झड्प समेत भएको छ । स्थानीयका अनुसार १८ जनामध्ये २ जना जमातबाट फर्किएको बताइएको छ । तर वडा नम्बर १का वडाअध्यक्ष करिम शेखले उनीहरुमध्ये ४ जना भारतको जयपुरबाट फर्किएको दावी गरे । उनले भने,‘ हिजोसाझ मात्रै नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन राख्ने निर्णय गरेकोले बिद्यालयमा क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई राखिएकोमा केही स्थानीयहरुले प्रहरीमाथि ढुङ्गमुढा गरेको बताए ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले मंगलबार भरातबाट भागेर चार जना व्यक्ति हनुमानगरहुदैँ कञ्चनरुप आएकोमा ती व्यक्तिलाई वैरवा स्थित क्वारेन्टाइनमा राख्ने बिषयमा बिबाद भएको बताए । उनले भने,‘ क्वारेन्टाइन कहाँ राख्ने ? सुरक्षा व्यवस्था के हुने यो विषयमा नगरपालिकाले हामीसँग प्रर्याप्त छलफल गरेको छैन । घटनाबारे आज बिहान छलफल राखिएको छ । ’ इता सिमा नाका पूर्ण रुपमा सिल गरेपछि खुल्ला सिमानाका कारण उनीहरु रातीको समयमा प्रहरीलाई छलेर घर आउन सक्ने भन्दै कञ्चनरुप नगरपालिका वडा नम्बर ६का मुश्लिम समुदायले बैठक बसेर मरकजबाट सहभागी भई घर फर्के उनीहरुलाई गाउँ पस्नदिनुभन्दा अगाडी नै क्वारेन्टाइनमा पठाउने तयारी गरेको महेन्द्र जनता माबिका प्रअ मोहम्मद सलिमले बताए । उनले भने,‘ हाम्रो गाउँबाट ७ जना जमातका लागि दिल्ली गएका छन, उनीहरु आउँदैछन् । हामी गाउँलेहरु हिजो(मंगलबार)राति तै बैठक बसेर उनीहरुलाई गाउँ पस्न नदिई सिधै क्वारेन्टाइनमा पठाउँने निर्णय गरेका छौं ।’ कञ्चनरुपकै वडा नम्वर ११ बाट १ जना समेत भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा चार जना सहभागी भएको वडा अध्यक्ष मो. जिब्रिलले बताए । यद्यपी उनीहरु हालसम्म घर नफर्केको जानकारी दिँदै उनले भने ‘उनीहरु विहारको कुनै सुरक्षित स्थानमा रहेको भनी पारिवारिक श्रोतबाट मैले जानकारी पाएको छु, घर फर्किए लगत्तै उनीहरुलाई स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्नेछु । यसबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आफुले उक्त विषयलाई गम्भीरतापूर्वक लिएको भन्दै उनीहरु उच्च जोखिममा रहेकाले खोजी भईरहेको भन्दै आफै स्वस्फूर्त रुपमा क्वारेन्टाइनमा आएर बस्न आग्रह गरे । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले उक्त विषयमा आफुहरुलाई प्राप्त सूचनाको आधारमा नगरपालिकाका मेयर, वडा अध्यक्षहरु मार्फत खोजी कार्य भईरहेको बताए ।

भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी नेपालीहरु भारतमै रहेको खुलेको छ । दिल्लीको स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ । मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको र करिब ८ हजार जना सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु सहभागी थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए ।

प्रतिक्रिया