कञ्चनरुप नगरपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या २६ पुग्यो,बैरवामा एक्कै दिन १७ जना थपियो

  • चैत्र १९, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइन बस्नेको सख्या बुधबार दिउँसोसम्म २६ जना पुगेको छ ।
कञ्चनरुप नगरपालिका–१ बैरवामा स्थित लक्ष्मी नारायण माबि स्थित क्वारेन्टाइनमा मंगलबार साँझ १७ जना थपिएसँगै कञ्चनरुप नपाभित्र क्वारेन्टाइनमा बस्नेको संख्या २६ पुगेको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका डम्बर गुप्ताले जनाएका छन् ।

कञ्चनरुप नगरपालिका–११ स्थित दुर्गा अधारभूत बिद्यालयमा ९ जना र बैरवामा १७ जना गरी २६ जना क्वारेन्टाइनमा बसेका छन् । कञ्चनरुपमा क्वारेन्टाइनमा राखिएका सबै जना भारतबाट फर्किकाहरु छन् । नयाँ थपिएका १७ जनामध्ये एक जना भारतकाे जमातबाट आएका छन् । कञ्चनरुप नगरपालिकामा एकै पटक १७ जना भन्दा बढी बढी व्यक्ति क्वारेन्टाइमा थपिएपछि नगरवासी र बैरवा आसपासमा थप तनाव सिर्जना भएको छ । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर संजीव झाले जनाए ।
मंगलबार दिउसोसम्मको तंथ्याक अनुसार जिल्लाभरी क्वारेन्टाइनमा ११ महिला गरी १ सय ५३ पुरुष छन् । क्वारेन्टाइनमा भर्नाहरुमध्येबाट ६ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोरोना भाइरसको सम्भाव्तालाई मध्यनजर गर्दै उनीहरुलाई नगरपालिका तथा गाउँपालिकाहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको हो ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १८ वटै स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा ४ सय ५१ बेड रहेका छन् ।

प्रतिक्रिया