कञ्चनपुर,चैत्र १९ गते । प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई बुधबार पत्राचार गरेपछि नेपाल चिकित्सक संघले त्यसको बिरोध गरेको छ ।
संघका महासचिव डाक्टर ब्रदी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण रोक्नकका लागि अहोरात्र खटिरहेका चिकित्सकहरुलाई बैठक बसिरहेकै अवस्थामा चिकित्सकहरुको लाइसेन्स खारेज गर्ने तथा चिकित्सकलाई थुनामा राख्न दिइएको आदेशप्रति नसंघ घोर भत्र्सना र निन्दा गर्दछ ।
मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही हुने बताएको भोलिपल्टै कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको थियो ।
सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दायरामा ल्याई कारबाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै निर्देशन दिएको छ ।
त्यस्ता स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी लकडाउनको अवधीभर अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित संचालन गर्नेरगराउने समेतको कारबाही प्रकृया जिल्लास्तरबाटै अगाडि बढाउन पत्रमा भनिएको छ ।
माथिल्लो निकायको कार्यक्षेत्ररबिषयको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सिफारिस पठाउन भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय सिंहदरबारसहितका निकायलाई बोद्यार्थ गरिएको पत्रमा आवश्यक सहयोग निर्देशन तथा समन्वयका लागि सादर अनुरोध गरिएको छ ।
निजी अस्पतालहहरुले बिरामीको सामान्य चेकजाँच नै नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीहरुसँग सामान्य मानवोचित व्यवहार नगरेको पाइएको प्रदेश सरकारले जनाएको छ । निजी अस्पतालले आधारभूत स्वास्थ्य सेवा समयमा उपलब्ध नगराउँदा काठमाडौं लग्ने क्रममा बिरामीको बाटोमै मृत्यु भएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रदेश सरकारले यस्तो अवस्थामा राज्य केवल मूकदर्शक बस्न नसक्ने जनाएको छ ।
दुई दिनअघि बीरगंजस्थित नेशनल मेडिकल कलेजसहितका निजी र नारायणी उपक्षेत्रीय अस्पताल समेतले खुट्टा काटिएका एक बिरामीको उपचार गर्न नमानेपछि काठमाडौं लग्ने क्रममा उनको मृत्यु भएको थियो ।
प्रतिक्रिया