कञ्चनरुपमा मापदण्ड बिपरीत क्वारेन्टाइन संचालन तीन कोठामा २३ जना,क्वारेन्टाइनमा बसेपनि घरवाटै खाना

  • चैत्र २0, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र २० गते । कञ्चनरुप नगरपालिकाले भाइरस(कोविड–१९) सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन  गर्न बनेको निर्देशिका २०७६ बिपरीत तीन ओटा कोठामा २३ जनालाई क्वारेन्टाइनमा राखेको छ ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिकहरुलाई सुरक्षित राख्न शङ्कास्पद व्यक्तिलाई कम्तिमा १४ देखी १७ दिनसम्म क्वारेन्टाईनमा सुरक्षित तथा सुव्यवीसथत तरिकाले राखी त्यस्ता  र समाज दुवैलाई सुरक्षित राख्न क्वारेन्टाइन संचालन तथा व्यवस्थापन  गर्न निर्देशिका जारी गरेको छ तर कोरोना जस्तो गम्भिर विषयमा समेत कञ्चनरुप नगरपालिका जनप्रतिनिधिहरुले विद्यालयको तीन ओटा कोठामा २३ जनालाई राखेको छ ।

कञ्चनरुप नगरपालिका–१ बैरवा स्थित लक्ष्मी नारायणमा माबिको तीन कोठे भवनमा संचालित क्वारेन्टाइनमा भारतका बिभिन्न ठाउँबाट आएका २३ जनालाई एकै ठाउँ राखिएको छ ।
क्वारेन्टाइन राखिएको ठाउँमा शौचालय र खानेपानी र खानाको व्यवस्था नगरिएकोले क्वारेन्टाइनमा बसेकाहरु खुल्ला ठाउँमा शौच गर्ने गरेको र उनीहरुलाई घरबाटै खाना ल्याएर खुवाउने गरिएको छ ।
२३ जनामा २ जना व्यक्ति दिल्ली जमातबाट फर्किएकालाई समेतसँगै राखिएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड १९) फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी कञ्चनरुप –८का ५३ बर्षिया इबिद मंसुरी र वडा नम्बर २का ५० बर्षिया तैयप शेखलाई अरुसँगै राखिएपछि थप समस्या सिर्जना भएको छ ।
मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागी भई घर फर्किएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको वडा नम्बर १का वडाअध्यक्ष करिम शेखले बताए ।
मा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।   ,५ जना जयपुर,७ जना राजस्थान,एक जना भिमनगर र बाकी फारबिसगंजबाट आएको बताइएको छ ।

निर्देशिकाको दफा (४)को उपदाफा (१क)मा क्वारेन्टाइनमा खटिने स्वास्थ्य र सफाई टिमको लागि छुट्टै भवन वा ब्ल्क रहेको,(ख)मा  सम्भव भएसम्म शौचाय सहितको कोठा र सो नभएमा न्यूतम प्रति कोठा अधिकतम तीन जनाको दरले छ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको र (छ)मा कोठो व्यवस्थापन ७५ वर्ग फिटको स्थान वा एक खाटदेखी अर्को खाटको बीच न्यूनतम् दुरी ३.५ फिट हुनुपर्ने व्यवस्था छ ।
तर वैरवा स्थित क्वारेन्टाइनमा उक्त कुनै पनि मापदण्ड पुरा नगरि क्वारेन्टाइन संचालन गरिएको छ । वडा नम्बर १का वडाअध्यक्ष करिम शेखले मंगलबार साँझमात्र क्वारेन्टाइन राख्ने निर्णय भएकोले व्यवथापन गर्न केही समय लागेको बताए ।
हिजो(बुधबार)सम्म क्वारेन्टाइनमा बसेका व्यक्तिलाई घरबाट खाना लगेर खुवाइएको स्वीकार गर्दै वडाअध्यक्ष शेखले आजदेखी खानपानको व्यवस्था समेत भित्र गरिएको दावी गरे ।
कञ्चनरुप नगरपालिकाले वैरवा,बदगामा,सर्वोदय माबि र सिमरास्थित दूर्गाआधारभू बिद्यालयमा क्वारेन्टाइन राखेको छ । क्वारेन्टाइनमा जिम्मेबारी पाएका स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) नभएको र ज्वरो नाप्ने इन्फोरेट थर्मोमिटर समेत उपलब्ध नभएकोले नियमित रुपमा ज्वरो नाप्ने काम समेत भइरहेको छैन । 
कञ्चनरुप नगरपालिकाले स्वास्थ्य शाखा संयोजक रामसेबक यादबले तीन ओटा कोठामा २३ जना रहको बताउँदै एउटा कोठा थप गरेपछि ३.५ फिटको दुरीको मापदण्ड पुरा हुने बताए । 
‘ सबै मापदण्ड त पुरा गर्न गाह«ो छ,तर बाहिर हल्ला चलेजस्तो छैन । सबैजनाको स्वास्थ्य समान्य छ । क्वारेन्टाइनमा बसेकामध्ये कसैको पनि ज्वरो सय डिग्रिभन्दा  माथि छैन ।’ संयोजक यादबले भने,‘ कोराना भाइरसको कुनै लक्षण देखिएको हामी क्वारेन्टाइनबाट थप उपचारका लागि बाहिर पठाउँछौं ।’

प्रतिक्रिया