स्थानिय तहको चुनावमा मौन अबधी सुरु हुनुभन्दा पहिले म एक एफएममा कञ्चनरुप नगरपालिकाको चुनावी विश्लेषण गरेका थिए । मेयरका उम्मेदबारहरुमध्ये बसन्तकुमार मिश्र राजनीतिक रुपमा त्यागी र बेदाग नेता भएपनि मैले पत्रकारिता गर्दादेखी देखेको चिनेको,संगत गरेको अधारमा कुनै नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने व्यक्ति,निर्णय क्षमता नभएको,सहिगलत छुट्याउन नसक्ने नेता र पारिवारिक पृष्टभूमि समेतले कञ्चनरुप नगरपालिका नेतृत्व दिन नस्कने उम्मेदबारका रुपमा विश्लेषण गरेका थिए । त्यसबेला एमालेका थुप्रै नेता म देखी रिसाएका थिए ।
तर अहिले नेकपाकै लागि नगरप्रमुख मिश्र घाडो भएको छ । उहाँको व्यक्तिगत आनीबानीले गर्दा सिगो नगरपालिको काम प्रभावित भइरहेको छ । गत बर्ष ४२ प्रतिशत बिकाश बजेट खर्च गरेको मिश्रलाई कोरोना भाइरसले राम्रो ब्याकअप दिएको छ । कोरोना कहर सुरुहुनुभन्दा अघिसम्म विकाश काम जिरो प्रतिशतमा थियो । तर कोराना भाइरससँग लड्न जुन तयारी र त्यसबाट सिर्जित समस्याबाट गरिब जनता जसरी भोक भौकै बस्न बाध्य छन् तर नगरप्रमुख मिश्र सहित सबै वडाअध्यक्षहरुको गैरजिम्मेबार हरकतले नगरबासीले पाउनसम्मको दु:ख पाइरहेको छ । नगरपालिकामा बिपक्षी भन्ने त कुन चिडियाको नाम हो नागरिकले थाह पाउन सकेको छैन ।
बिपक्षी नेताले व्यक्तिगत रुपमा केही थान कम्बर र बाल्टीन बाडेर अर्को चुनाव जित्ने रनणीतिले कति सफलता पाउँछ त त्यो अगामी निर्वाचन परिणामले पुष्टि गर्छ नै । बाढीबाट पिडीतलाई राहत दिन नसक्ने,गरिब विपन्नका लागि आएको सेवा सुविता बितरण गर्न नसक्ने नेतृत्व विरुद्ध हात धोएर लागौं । अहिलेलाई नगरभित्रका गरिव जनताका लागि खाना र राम्रो क्वारेन्टाइनका लागि आ–आफनो ठाउँबाट दबाव र सहयोग गर्नु पर्ने ठाउँमा सहयोग गरेर सचेत नागरिकको भूमिका निर्वाह गरौं ।
प्रतिक्रिया
AjUluwQnNPG
२0८१ भाद्र ९ गते २:५0
kzblBXEVPTLA
जवाफ दिनुहोस्
AjUluwQnNPG
२0८१ भाद्र ९ गते २:५0
kzblBXEVPTLA
जवाफ दिनुहोस्
dRrOsXKzhBTbJtSN
२0८१ श्रावण १ गते ११:८
UNQnylJowT
जवाफ दिनुहोस्
pSCAYMkx
२0८१ भाद्र ९ गते २:४९
evIMhPaU
pSCAYMkx
२0८१ भाद्र ९ गते २:४९
evIMhPaU
dRrOsXKzhBTbJtSN
२0८१ श्रावण १ गते ११:८
UNQnylJowT
जवाफ दिनुहोस्
NpPTCaJSB
२0८१ भाद्र ९ गते २:५0
eCNmRFAxlUWVXjHJ
NpPTCaJSB
२0८१ भाद्र ९ गते २:५0
eCNmRFAxlUWVXjHJ