भगतद्वारा १ सय तीस अति बिपन्न परिवारलाई राहत बितरण

  • चैत्र २0, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता

बिरेन्द्र बजार, २० चैत । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का समाजसेवी रंजित भगतले बिहिवार १ सय तीस परिवारलाई राहत बितरण गरेका छ्न । कोरोना भाईरसबाट सुरक्षित रहन सरकारद्वारा घोषित लकडाउनको क्रममा भोकभोकै बस्न बाध्य भएका परिवारलाई भगतले राहत बितरण गरेका हुन ।

लकडाउनका कारण दैनिक ज्यालादारीमा खट्न नपाएका रुपनी गाउँपालिका वडा नम्बर ६ का अतिबिपन्न परिवारलाई राहात स्वरुप खाधन्न उपलब्ध गराएको भगतले बताए। भगतले आफ्नो ब्यक्तिगत लगानीमा प्रतिपरिवार चामाल ५ किलो, दाल ५०० ग्राम, नुन १ किलो, साबुन १ र चाउचाउ एक प्याकेट बितरण गरे । राहत बितरण गर्दै समाजसेवी भगत, उनका बुवा शिवदियाल भगत, नेकपा जिल्ला समिति सदस्यद्वोय राजु जयसवाल, शुभ नारायण यादवले बिपन्न तथा दलित बस्ती सम्म पुगेर पिडित परिवारलाई लकडाउको पुर्णपालन गर्न आग्रह गरे ।

उनिहरुले नोभल कोरोना ( कोभिड- १९) विरुद्ध जनजागरण समेत गराए ।समाजसेवी भगतले यसपुर्व समेत भुकम्प, बाढी, आगलागी जस्ता बिपदमा परेकाहरुलाई निरन्तर राहत बितरण लगायतका विभिन्न खाले सहयोग गर्दै आएका छ्न ।

प्रतिक्रिया