कञ्चनरुपले राहत एकद्धारा प्रणालीबाट बितरण गर्न सूचना जारीगरेपछि समाजिक सञ्जालमा आक्रोश ‘नगरपालिकाको बजेट हाम्रा गरिब मेयर र वहाँका प्रतिनिधिहरुमा गयो ’

  • चैत्र २१, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र २१ ग्ते । कञ्चनरुप नगरपालिकाले बिहीबार राहत एकद्धारा प्रणालीबाट बितरण गर्न सूचना जारीगरेपछि समाजिक सञ्जालमा त्यसको ब्यापक बिरोध भएको छ । कोरोना भाइरसको संक्रमणका कारण देश नै लकडाउन भएको अवस्थामा दैनिक ज्याला मजदुरी गरी दैनिक जीवन निर्वाह गर्ने व्यक्ति एवं तिनका परिवारलाई खाद्यान्न अभावका कारण भोकमरी सिर्जना हुने अवस्था आउन सक्ने संभावना भएकोले त्यस्ता व्यक्ति तथा परिवारलाई आर्थिक तथा खाद्यान्य उपलब्ध गराई सहयोग गर्ने ईच्छुक व्यक्ति,संघ संस्था,उद्योगी व्यापारीहरु लगायत सहयोगी मनहरुले यस नगरपालिकामा सम्पर्क राखी एकद्धारा प्रमाणी माफृत राहत बितरण गर्न सूचनामा जारी गरेको हो । सूचनामा भनिएको छ, ‘कोही व्यक्ति,संघ संस्था,उद्योगी ब्यापारीहरु नगरपालिकासँग समन्वय नगरी आपूm खुशी यसत राहत बितरण नगर्नु नगराउनु हुन समेत अनुरोध छ । दुई दिनअघि नेपाली काग्रेसका क्षेत्रिय सभापति एवं कञ्चनरुप नगरपालिको मेयरका प्रत्यासी ललन प्रसाद गुप्ताले बाल्टीनमा आफनो फोटो र पार्टी झण्डा छापेर केही ब्यापारीको सयोगमा केही बिपन्नहरुलाई राहत बितरण गरेको थियो । नगरपालिकाले नगरभित्रको बिपन्न पहिचान गर्नै नसकिरहेको अवस्थामा मेयरका प्रत्यासी गुप्ताले राहत बितरण सुरु गरेपछि नगरप्रमुख बसन्त मिश्रको आदेशमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बिहीबार सूचना प्रकाशित गरी राहत एकद्धारा प्रणालीबाट बितरण गर्न सूचना जारी ग¥यो । लकडाउन भएको दशदिन बित्दा समेत नगरपालिकाले बिपन्नका लागि कुनै राहतको प्याकेज ल्याउनुका सट्टा मानवता हिसाबले सहयोग गर्नेहरुलाई नियन्त्रण गर्ने मनसायबाट सूचना जारीगरेपछि नगरबासी आकोशित भएका हुन् । नगरपालिकाले आफनो ओफिसियल फेसबुक पेजमा बिहीबार १ः ५७ बजे सूचना अपलोड गरेपछि बिहान ९ बजेसम्ममा ७८ जनाले आफनो प्रतिक्रिया जनाएको छ । प्रतिक्रिया जनाउनेहरु अधिकाश नगरपालिकाबासी रहेका छन् । नगरपालिकाप्रति नगरबासीको आक्रोशपूर्ण प्रतिक्रिया व्यक्त गरेका छन् । नगरपालिकाले प्रकाशित सूचनामा स्थानीयको प्रतिक्रिया यस्तो छ ः अकाश गुप्ताले लेख्छन, ‘ नगरपालिकाको बजेट हाम्रा गरिब मेयर र वहाँका प्रतिनिधिहरुमा गयो ।त्यतिमा नि नपुगेर अब आम जनतासंग माग्दै छन्। अब समाजसेवीले आफैं सहयोग गरेमा मेयर र वडा अध्यक्ष हरुले आ आफ्नो खल्ती को राहत कसरी लिन्छन् नि।बुझ्नेहरु आफैं बुझौं ।’ रमेशराज लेख्छन्,‘लकडाउनको यस्तो विषम परिस्थितिमा नगरपालिकाको कार्यालयवाट यस्तो गैरजिम्मेवार सूचना प्रकाशित हुनु निन्दनीय र असोभनिय कार्य हो । एकद्वार प्रणालीको समयसापेक्ष माग भएपनि उक्त कुराको आडमा परोपकारी भावनालाइ निश्तेज पार्न खोज्नु नगरपालिकाको क्षेत्रअधिकार वाहिरको कुरा हो । नगरपालिकाको कार्यालयले सारा नगरवाशीलाइ जवाफ दिनुपर्छ कि नेपालको सविधान र स्थानिय सरकार संचालन ऐन को कुन दफा वमोजिम स्वस्फुर्त व्याग्तिगत दान–सहयोग र परोपकारी भावन्नालाइ नियन्त्रण गरिएको हो ? अंकुश लगाइएको हो ? निमोठिएको हो ? यो कतिपनि भुल्नुनुन्न लोकतन्त्रका पहरेदारहरु स्वेछाचारी भए राज्य झन् आतंकित हुन्छ । अहिलेको समय एकीकृत हुनु हो । समयसंग लड्नु हो । नगरपालिकाको कार्यालयले अहिलेसम्म आफ्नो प्रभावकारिता देखाउन नसक्दा सहयोगी हातलाइ हत्कडी लाउनु लोकतान्त्रिक मूल्य मान्यता खीलाफ हो । सम्पुर्ण नगरवासीको अधिकारको दमन हो । यसको विरोध सहयोग गरेर गरौ । कोरोना भाइरस मात्र हैन यस्ताखालको लोकघाती महामारी विचार संग पनि लडौं ।’

प्रतिक्रिया