प्रदेश २ को कोरोना भाईरस (COVID-19 )को परिक्षण सुरु

  • चैत्र २१, २0७६
  • 0
...

चैत्र २१,जनकपुरधाम । प्रदेश २ मा कोरोना भाईरस (COVID-19 )को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको उक्त ल्याबको निरीक्षण प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहले आज बिहान गर्नुभएको थियो ।निरीक्षण लगतै उक्त ल्याब संचालनमा आएको हो । उक्त ल्याबको निरीक्षण गर्नुहुदै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको तथा थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको बिरगंजमा पनि कोरोना भाईरस (COVID-19 )को परिक्षण सुरु गर्ने घोषणा गर्नुभयो । उहाले भन्नुभयो ''उपकरण खरिद तथा सेटअपका लागि कार्य अगाडी बढिसकेकोले छिटै नै उक्त सेन्टरहरु पनि संचालनमा आउने बताउनुभयो । निरीक्षण पश्चात पत्रकारहरुसंग कुरा गर्नुहुदै मन्त्रि साहले कोरोना भाईरस बिरुद्धको लडाईमा संलग्न सवास्थ्यकर्मिहरुले उच्च मनोबलका साथ् लाग्न अनुरोध गर्नुभयो ।उहाले स्वास्थ्यकर्मीको बिमा २५ लाख गर्नुका साथै चिकित्सकको हकमा तलबको १००%, प्राविधिकको हकमा ७५%,र अन्य कर्मचारी हकमा ५०% भता बढाईएको पनि जानकारी दिनुभयो । परिक्षण शुरु भएको उक्त ल्याबले दैनिक १० वटा केशको परिक्षण गर्ने छ ।

प्रतिक्रिया