राहत कोषमा मेगा बैंकको ५ र गण्डकी विकास बैंकको ४ लाख सहयोग

  • चैत्र २१, २0७६
  • 0
...

जनकपुरधाम, चैत २१ । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेगाा बैंकले पाँच लाख र गण्डकी विकास बैंकले ४ लाख रुपैया सहयोग गरेको छ ।

मेगाा बैंक र गण्डकी विकास बैंकका प्रदेश कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई छुट्टा छुट्टै चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा कुमारी बैंक, माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक, सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन । प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ । 

प्रतिक्रिया