कञ्चनपुर,चैत्र २१ गते । दैनिक ज्याला मजदुरी गरी दैनिक जीवन निर्वाह गर्ने बिपन्न महिलाहरुले शुक्रबार कञ्चनरुप नगरपालिका जादाँ नगरप्रमुख बसन्तकुमार मिश्रले प्रहरी बोलाएर ती महिलाहरुलाई थपाएका छन् ।
लकडाउनका कारण दैनिक रुपमा मजदुरी गर्ने नगरपालिका विभिन्न टोलका करिब एक सय ५० जनाभन्दा बढी महिलाहरु न्गरपालिकाका प्रमुख मिश्र र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई भेट्न कार्यालय पुगेका थिए । तर नगरप्रमुख मिश्रले अहिलेसम्म माथिबाट कुनै राहत नआएको झूठो कुरा गरेका थिए । नगरपालिका पुगेका एक महिलाका अनुसार मेयर मिश्रले जसरी बिवाहपछि तुरन्ते बच्चा जन्मिदैन त्यसरी नै बिपत्तको समयमा पनि तुरन्ते राहत नआउने भन्दै सम्झाएका थिए । तर महिलाहरुले अरु गाउँपालिका नगरपालिकाहरुले राहत बितरण गरिरहेका समाचार रेडियो टिभिमा देखेसुनेको तर कञ्चनरुप नगरपालिकाले बिपन्नको नाम संकलन गरेको एक हप्ता बित्दा पनि किन राहत बितरण नगरेको प्रश्न गरेका थिए । एक सय ५० भन्दा बढी महिलाहरुले राहतको लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई घेराउ गरेपछि नगरप्रमुख मिश्रले इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रलाई फोन गरे प्रहरी मगाएका थिए । प्रहरीले महिलाहरुलाई धपाएका थिए । दैनिक रुपमा मजदुरी गरेर खाने परिवारलाई खाद्यान्न अभावका कारण भोकमरीमा परिसकेको छ । तर नगरपालिकाले अहिलेसम्म कुनै राहत प्याकेज ल्याएको छैन । प्रदेश सरकारले समेत गरिबहरुको राहतको लागि १५ लाख रुपैया पठाएको चारदिनभन्दा बढी भइसक्यो तर नगरपालिकाले निर्देशिका अनुसार समिति गठन समेत गर्न सकेको छैन । कञ्चनरुप नगरपालिका प्रवक्ता राजकुमार साहले शनिबार ११ बजे राहतकै विषयमा बैठक राखिएको बताए । उनले भने,‘ प्रदेश र केन्द्रको निर्देशिका अनुसार सबै दल र सरोकारबालाहरुलाई राखेर हामी भोली बिपन्न छनौट गर्छौ ।’
प्रतिक्रिया