राहत माग्न गएका महिलाहरुलाई कञ्चनरुप नगरपालिका मेयरले प्रहरी लगाएका धपाए,प्रत्यासी मेयरले साबुन र बाल्टिन दिएर पठाए

  • चैत्र २१, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र २१ गते । घरमा खाद्यान्य नभएर भोक भोकै बसेका महिलाहरु शुक्रबार कञ्चनरुप नगरपालिका प्रमुख बसन्तकुमार मिश्रले प्रहरी लगाएर धपाएका छन् । धपाइएका महिलाहरु नेपाली काग्रेसका क्षेत्रिय सभापति एवं मेयरका प्रत्यासी ललन प्रसाद गुप्ताले महिलालाईहरु बाल्टिन र साबुन दिएर पठाएका छन् । सभापति गुप्ताले फेसबुकबालमा बाल्टीन दिएको तस्बीर राख्दै लेखेका छन्,‘ एकद्धार प्रणाली मार्फत राहत बितरण गर्न सूचना निकालेको र आपूm खुशी कुनै राहत बितरण नगर्नु नगराउनु विज्ञप्ति निकाल्दा म निर आज राहत माग्न, मदत माग्न आएका इ नगरबासीहरुको दु ःख पिडा सुनेर मर्माहित भएछु ।’ ‘नगरपालिकाले नोटिस निकाले नि राहत माग्न जाँदा मेयर र उनका जनप्रतिनिधिले अहिले राहत आएको छैन, आए पछि दिन्छु भन्छन् । यस्तो कठिन अवस्था मा यि गरिब पिडित नगरबासीले के गरून् ? न आफू राहत दिने न कसैलाई बाट्न दिने ।’ सभापति गुप्ताले ‘ रोग भन्दा पहिले हामी भोकमारीले मर्छु म । यी ५०÷५५ जना महिलाहरुको हात समेत धुने बाल्टिन साबुनको व्यवस्था न मिलाएकोले गर्दा मैले हुने सक्दो बाल्टिन साबुन तत्काल दिए।’ उनले गरिब पिडित नगरबासीहरु लाई छाक टार्न खानाको सामग्री उपलब्ध गराउन र एकद्वार प्रणाली रद्द गर्न माग गरेका छन् ।

प्रतिक्रिया