किशोर पासवान
कञ्चनपुर,चैत्र २२ गते । कञ्चनरुप नगरपालिकाले बिपन्न नागरिकलाई राहत दिन ढिलाई गरेको चौतर्फी दबावपछि आज नगरपालिकाका १२ वडामा बिपन्न छनौट गर्न वडास्तरी समितिको बैठक बस्दैछ । कञ्चनरुप नगरपालिका भित्र संयौ घरमा खाद्यान्य नभएर चुल्लो बल्न छोडेको छ । नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीहरुको ढिलासुस्तीका कारण प्रदेश सरकारले पठाएको राहत रकम समेत बैंक खातामा थन्किएको छ । कञ्चनरुप नगरपालिकाका प्रवक्ता राजकुमार साहले आज १२ ओटै वडामा बडास्तरीय समितिबाट बिपन्न नागरिक छनौट गर्ने र तत्काल राहतको व्यवस्था मिलाउने बताए । शुक्रबार करिब एक सय ५० भन्दा बढी महिलाहरु नगरपालिकामा राहतका लागि गएका थिए । तर नगरपालिकाले राहत नआएको भन्दै प्रहरी लगाएका थपाएका थिए ।
प्रतिक्रिया