दिल्लीको जमातबाट फर्किदै गरेका कञ्चनरुप नपाका ७ सहित सप्तरीका ९ जना मौल्वी बारामा पक्राउ

  • चैत्र २३, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र २२ गते । भारतको दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तबलीगी जमातमा सहभागी सप्तरी कञ्चनरुप नगरपालिकाका ७ सहित सप्तरीका ९ जना मौल्वीलाई बारामा प्रहरीले पक्राउ गरेका छन् । बारा जिल्लाको फेटा गाउँपालिकाको जोधपुर गम्हरीयाबाट लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेको ९ जनालाई शनिबार प्रहरी पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । नेपाल भारतको खुल्ला सिमाको मौका छोपि अवैध रुपमा कञ्चनरुप नगरपालिका वडा नं.९ बस्ने ६४ वर्षको सफिद मियाँ,कञ्चनरुप नगरपालिकाकै ५२ वर्षको तजबुल मियाँ, ६४ वर्षिय मोहम्मद सफिज रहमान, ४८ वर्षका मोहम्मद वकिल मियाँ, १८ वर्षको मोहम्मद खुर्सेद, ४८ वर्षिय मोहम्मद जाकिर तथा ६३ वर्षिय मोहम्मद इसराइज मियाँ र सप्तरी महादेवा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ५५ वर्षिय महम्मद जिवरेल र २९ वर्षिय रोजिद शेखलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले जनाएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेको नाका बन्दको अवहेलना गरी उनीहरु नेपाल प्रवेश गरेका थिए । पक्राउ परेकाहरु भारतको दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तबलीगी जमातका जमाती रहेको प्रहरी निरीक्षक यादबले बताए । पक्राउ परेका सबै खुल्ला सिमानाको मौका उठाउँदै भारतबाट नेपाल प्रवेश गरी फेटा गाउँपालिकाको वडा नं. ५ जोतपुर गम्रियामा लुकिछिपी बसेको अवस्थामा स्थानियले दिएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुसँग आवश्यक सोधपुछ पश्चात एम्बुलेन्समा हालेर कलैया अस्पतालमा स्थापना गरिएको क्वारेन्टाईनमा पठाएको प्रहर िनिरीक्षक यादबले बताए । कञ्चनरुप नगरपालिकाले भारतका विभिन्न ठाउँबाट आएका ३३ जना सहित ४२ जनालाई नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएको छ । कञ्चनरुप नगरपालिकाबाटै करिब दुई दर्जनभन्दा बढी व्यक्ति उक्त तबलिगीमा सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया