कञ्चनपुर,चैत्र २२ गते । सप्तरी जिल्लाको १८ ओटै स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा शनिवार साँझसम्म भर्ना हुनेहरुको संख्या २ सय ७९ पुगेको छ । जिल्लाका १८ वटै स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा कुल ५ सय ४० ओटा बेड रहेको छ । सोही क्वारेन्टाइनहरुमा उनीहरुलाई निगरानीमा राखिएको कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा शनिबारसम्म ४३ जना पुगेको छ । एक जना महिलालाई शुक्रबार राति ज्वरो आएपछि शनिबार विहानै आइसोलेशनका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर संजीव झाले बताए ।
कञ्चनरुप नगरपालिका–१ बैरवामा स्थित लक्ष्मी नारायण माबि स्थित क्वारेन्टाइनमा २३ जना, सर्बोदय माबिमा १० जना र सिमरा स्थित आधारभूत बिद्यालयमा १० जना गरि ४३ जना क्वाइरेन्टाइमा रहेको डाक्टर झाले बताए । १५ दिन अघि भारतको राजस्थानबाट फर्किएकी कञ्चनरुप नपा–११गोरपारकी एक महिला शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा जाँचका लागि आएका थिए । ती महिलालाई सिमरा स्थित क्वारेन्टाइनमा पठाइएको थियो । ‘ पहिले देखी ज्वरो आउने गरेको र भारतबाट आएको थाह पाएपछि हामीले हिजो (शुक्रबार)क्वारेन्टाइनमा पठाएको थियो । राति ज्वरो आएपछि आज विहान आइसोलेशनमा भर्नाका लागि राजविराज पठायौं ।’ डाक्टर झाले भने,‘ नगरपालिकाको क्वारेन्टाइनमा रहेका बाँकी ४२ जनाको स्वाथ्य अवस्था समान्य रहेको छ ।’ कञ्चनरुप नगरपालिका–११ स्थित दुर्गा अधारभूत बिद्यालयमा ९ जना र बैरवामा २३जना भारतबाट फर्किकाहरु हुन ।
सर्बोदय माबिमा रहेका १० जनामध्ये ८ जना कञ्चनरुपका र सप्तकोशी नगरपालिकाका एक जना र तिरहुत गाउँपालिका एक जना रहेका छेन् । उनीहरु सबै जना काठमाण्डौंबाट फर्किएपछि क्वारेन्टाइनमा पठाइएको हो । कोरोना भाइरसको सम्भाव्तालाई मध्यनजर गर्दै उनीहरुलाई नगरपालिका तथा गाउँपालिकाहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको हो । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १८ वटै स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा ४ सय ५१ बेड रहेका छन् । सप्तरीका ९ जनाकै रिर्पोट नेगेटिभ यसैबीच कोरोनाको संक्रमणको आशंकामा बिहीबार ९ जनाको घाँटीको स्वाब परीक्षणका लागि सप्तरीबाट पठाइएकोमा सबैको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । भारतबाट आएका ८ जना र फ्रान्सबाट कतार हुँदै आएका एकजना गरी ९ जनाको घाँटीको स्वाबको नमुना संकलन गरी बिहीबार परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
शुक्रबार साँझ आएको परीक्षणको रिर्पोट अनुसार सबै नेगेटिभ रहेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । रिर्पोट नेगेटिभ आएपनि उनीहरु अझै पनि क्वारेन्टाइनमै राखिने मेसु डा. दासले जानकारी दिए । यसअघि पनि कतारबाट आएका एकजनाको नमुना परिक्षणका लागि सप्तरीवाट पठाईएकोमा रिर्पोट नेगेटिभ आएको थियो ।
प्रतिक्रिया