कञ्चनपुर,चैत्र २३ गते ।
कोरोना भाइरसको कहरसँगै सप्तरीमा आगलागीको घटनामा एक्कासी बृद्धि भएको छ । शनिबार एकै दिन जिल्लाको ९ ठाउँमा आगलागि हुदाँ ४५ लाख बराबरको धलमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीबाट सप्तरी खड्क नगरपालिका ५ खोजपुर बस्ने लक्ष्मि नारायण साहले आफ्नो १० कठ्ठा खेतको गँहु जलेर नष्ट भएको छ । साहको करिब २५ हजारको क्षति भएको छ ।
सप्तरी सुरुङगा नगरपालिका ३ दौलतपुर स्थित सत्य नारायण चौधरीको तिन वटा परालको टाल जल्दा करिब २५ हजारको क्षति भएको छ । बोदेबर्साईन नगरपालिका ६ फुकाही बस्ने राम सेवक ठाकुर, सिया ठाकुर, ब्रम्हदेव ठाकुर, धर्मदेव ठाकुर र ईन्द्र ठाकुरको १र१ वटा परालको टालमा आगलागी हुँदा करिब ५० हजार बराबरको क्षति भएको छ । रुपनी गाउँपालिका ४ छपकी भटोल बस्ने महेन्द्र मलाहको फुसको गोठमा आगलागी हुँदा परालको टाल समेत गरी करिब ३७ हजार बराबरको क्षति भएको छ ।
डाक्नेश्वरी नगरपालिका ३ बस्ने मो.जिवरी, मो.अजिज र मो.सुदिनको खाली खेतमा राखेको १-१ गरी ३ ओटा परालको टालमा आगलागी हुँदा करिब २०हजारको क्षति भएको छ ।
सप्तरी बोदेबर्साई न.पा.९ सिमराहा टोल बस्ने बेचन मण्डलको गोठमा आगो लागि हुदा घरको आधि भाग समेत जलि तिस हजार बराबरको क्षती भएको छ ।
सप्तरी डाक्नेश्वरी ना.पा.९ बस्ने राजलाल मेहता फुसको गोठामा बिद्युतको तार शर्ट भई आगोलागि हुदा गोठ र गोठ भित्र रहेको अन्नपात, खाट, पंखा पानि तान्ने मोटर, धान ५० मन, गेहु ३० मन गरी एक लाख पचास हजार बराबरको क्षेति भएको छ ।
कञ्चनरुप नगरपालिका–१ बैरवामा शनिबार राति आगलागी हुदाँ ५ ओटा गाईबस्तु जलेर नष्ट भएको छ ।
राति करिब ९:३०बजे बैरवा मलकोर बस्ने ५२ बर्षिया अनरुल शेखले लामखुट्टे धपाउनको लागि बालेको घुरबाट आगलागी भएको थियो । आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको पिडित परिवारले जनाएकको छ ।
इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीबाट शेखको फुुसको घानो भएको एकतल्लो गाई गोठ र गोठमा रहेका ३ ओटा गाई जलेर नष्ट भएको छ ।
त्यस्तै शेखकै छिमेकी अगनु शेखको ३ ओटा खसी र ५ ओटा कुखुरा जलेर नष्ट भएको छ । आगोलाई कञ्चनरुप नगरपालिको दमकल,प्रहरी र स्थानीयहरु मिलेर नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया