कञ्चनपुर,चैत्र २३ गते । सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका –६ मोहनपुरमा आईतबार दुई जना बालकको माटोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा डिलबहादुर मगरका ५ बर्षिया छोरा निकेश मगर र सोही ठाउँका उमेश खड्काको ८ बर्षिया छोरा निशान खड्का रहेका छन् । घर नजिकै गौरी खोलामा खेल्ने क्रममा उक्त खोलाको किनारमा रहेको माटोको ढिस्को खस्दा दुवै जना बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले जनाएको छ ।
प्रतिक्रिया