कञ्चनरुप नगरपालिकामा राहत लिनेहरुको सूचि अझै तयार भएन,सोमबार दिउँसोसम्म ६ वडाको मात्रै नमाबली तयार

  • चैत्र २४, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र २४ गते । कञ्चनरुप नगरपालिकाले लकडाउन भएको १४ दिन बितिसक्दा समेत विपन्न वर्गका पहिचान गर्न नसक्दा राहत बितरणमा थप ढिलाई हुने भएको छ ।

राहत बितरणमा ढिलाई भएसँगै दैनिक रुपमा मजदुरी गर्ने गरिबहरुको भोक भोकै बस्ने दिनहरु लम्बिएको छ । लकडाउन सुरु भएको पहिलो साता नगरपालिकाले वडासदस्य मार्फत बिपन्न तथा दैनिक मजदुरी गरेर खाने व्यक्तिहरुको नमावली संकलन गरेको थियो । तर नमाबली संकलन नहुदैँ प्रदेश २ सरकारले प्रत्येक नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैया उपलब्ध गराउनुका साथै उक्त रकम खर्च गर्न निर्देशिका समेत पारित गरेर सबै पालिकाहरुलाई पठाईदियो ।

प्रदेश सरकारले बनाएको निर्देशिका अनुसार लक्षित समूह पहिचान तथा राहत वितरण गर्न वडास्तरमा एक समिति रहने व्यवस्था गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड–१९)को सक्रमण रोकथाम,उपचार तथा नियन्त्रणलाई प्रभावकारी तुल्याउन घरमा नै सुरक्षित साथ बस्ने नीति र सोका लागि जारी देशव्यापी लकडाउन पालना गर्ने क्रममा दैनिक हातमुख जोड्ने समस्याले ग्रसित,दैनिक ज्यालादारीमा मजदुरी गर्ने मजदुर,श्रमिक,गरिब तथा आर्थिक रुपमा बिपन्न किसान व्यक्ति वा परिवार पहिचान गर्न र समाुपातिक एवं समन्यायिक तवरले खाद्यान्य राहत वा अनुदान वितरण गर्ने कार्यको लागि प्रत्येक वडामा वडाअध्यक्ष संयोजक रहने गरी वडाभित्र रहेका राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलका प्रतिनिधिहरु,वडामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक,नेपाल प्रहरीको प्रतिनिधि,नेपाली सेनाको प्रतिनिधि,सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधि सदस्य र वडासचिव सदस्य सचिव रहने गरी समिति रहेको छ ।

तर कञ्चनरुप नगरपालिकामा सोमबार दिउँसोसम्ममा ६ वडाले मात्र नमावली पठाएको छ । कञ्चनरुप नगरपालिकाका प्रशासन हेर्ने शाखा अधिकृत नवराज खड्का अनुसार सोमबार साँझसम्म सबै वडाबाट नमावली आएपछि कार्यापालिकाको बैठक बसेर राहतको प्याकेजमा निर्णय हुनेछ । अहिलेसम्म वडा नम्बर १२ले ३११ जना,वडा नम्बर ८ले ४६८ जना र वडा १० ले नमावली पठाएको छ । अरु तीन ओटा वडाले पठाएको नमावली टाइपिङ्ग भइरहेको बताइएको छ । नगरपालिकाले प्रदेश सरकार कार्यविधि अनुसार नमावली संकलन गर्न वडा कार्यालयलाई निर्देशन दिएपनि वडा भित्रै पनि र वडाअध्यक्षहरुले आ–आफनै किसिमले नमाबली संकलन गरेकाले थस समस्या सिर्जना हुने देखिएको छ । कतिपय वडामा वडाअध्यक्ष नेतृत्वको समितिले राजनीतिक पूर्वाग्रहका आधारमा नमावली छनौट गरिएकोले राहत वितरणमा बिबाद हुने समस्या आउन सक्ने सम्भावना छ ।

नगरपालिकाको एउटै वडामा वैदेशिक रोजगारमा गएका परिवारको नाम संकलन गरिएको छ, कसैको छैन । पार्टीगत अधारमा,उपभोक्ता समितिबाट पैसा संकलन गरेर दिएको अधारमा कतिपयको नमावली संकलन गरिएको छ । नगरपालिकाको वडापिच्छे मापदण्ड फरक छ । बिपत्तको समयमा जनप्रतिनिधिहरुले नगरपालिकाभरी एउटै मापदण्ड र बिना कुनै भेदभाव नमाबली फाइनल गर्न सकेको छैन ।

प्रतिक्रिया