प्रदेश २को राहत कोषमा एक करोड ३१ लाख जम्मा

  • चैत्र २४, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र २४ गते । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सोमबार दिउँसोसम्म एक करोड ३१ लाख ७५ हजार जम्मा भएको छ ।

प्रदेश२मा स्थापना गरिएको कोरोना महामारी रोकथाम नियन्त्रण तथा उपचार राहतकोषमा लक्ष्मी बैंकले १०लाख, नेपाली काँग्रेस ४० लाख ७५ हजार,सिभिल बैंकले ५ लाख, मेगाा बैंकले ५लाख,गण्डकी विकास बैंकले ४ लाख,कुमारी बैंकले १ लाख, माछा पुच्छे बैंकले ५ लाख,नेपाल बैंकले ५ लाख,सिटिजन्स बैंकले ७ लाख,कृषि विकास बैंक ५ लाख,सिद्धार्थ बैंकले १० लाख जम्मा गरेको प्रदेश २का मुख्यमन्त्री मोहम्द लालबाबु राउतका प्रेस संयोजक आतिश मिश्रले जनाएको छ । उक्त रकममध्ये भाटभटेनी सुपर मार्केट २५ लाख दिने घोषणा गरे पनि जम्मा गरेको छैन ।

प्रतिक्रिया