महुली सामुदायिकद्वारा लकडाउन प्रभावित एक सय एघार अति बिपन्न परिवारलाई राहत बितरण

  • चैत्र २५, २0७६
  • 0
...

बिरेन्द्र बजार, २५ चैत, सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा मंगलबार महुली सामुदायिक बिकास केन्द्रद्वारा लकडाउन प्रभावित एक सय एघार अति बिपन्न परिवारलाई राहत बितरण गरेको छ । गाउँपालिकाको समवन्यमा वडा नम्बर ४ का दैनिक ज्यालादारीमा खट्ने दलित समुदायका अतिबिपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरेको हो । लकडाउनका समयमा ज्याला मज्दुरी गर्नबाट बन्चित भएका प्रभावितहरुलाई प्रती परिवार चामाल १५ किलो, खानेतेल १ लिटर, दाल १ किलो, नुन १ किलो, साबुन १ को दरले राहात प्रदान गरिएको छ । बिश्वब्यापी फैलिएको कोरोना भाईसको जोखिमबाट सुरक्षित रहन सरकारले गरेको लकडाउनको समय लम्बिएसंगै दैनिक ज्यालादारीमा खट्ने मज्दुरको परिवारमा खाद्यान्न अभाव हुँदै गएकोले राहत बितरण गरिएको महुली सामुदायिकले जनाएको छ । लकडाउन प्रभावितहरुको जिबन यापन कष्टकर हुँदै गएकोले कर्मचारीको एक महिनाको तलवको ५ प्रतिशत र संस्थाको आन्तरिक कोषबाट गरि १ लाख ५० हजारको राहात स्वरुप खाद्यान्नको ब्याबस्था मिलाएको केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिए । राहात बितरण गर्न गाउँपालिका अध्यक्ष परशुराम चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ५ का अध्यक्ष श्रीप्रसाद यादव,सशस्त्र प्रहरी बल नेपाल सितापुरका ईन्चार्ज गणेश खत्री, ईलाका प्रहरी कार्यालय महुलीका प्रतिनिधि, जनप्रतिनिधि, संस्थाका पदाधिकारी र कर्मचारीहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया