कञ्चनपुर,चैत्र २५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनबाट मंगलबार ९ जना घर फर्किएका छन् ।
काठमाडौंमा काम गरी घर फर्किएपछि गत चैत्र २० गते देखी सर्वोदय माध्यमिक बिद्यालयकाे क्वारेन्टाइनमा रहेका थिए । कञ्चनरुप नगरपालिको स्वास्थ्य संयोजक रामसेबक यादबका अनुसार सबै जना काठमाणडौंमा निमार्ण क्षेत्रमा काम सुनिश्चित गरिएको र चार दिन क्वारेन्टाइनमा राखिएपछि स्वास्थ्य अवस्था समान्य देखिएपछि घर पठाइएको जनाए ।
कञ्चनरुप नगरपालिका–११की एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखेपछि स्वाब परीक्षण गर्न पठाउँदा रिपोर्ट निगेटिभ आएको छ । कञ्चनरुप नगरपालिका निवासी महिलामा कोरोनाको सामान्य लक्षण देखिएपछि गत शनिवार आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्न धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
भारतको राजस्थानबाट दुई साता अघि आएकी ती महिलाको स्वाब परीक्षण रिपोर्ट आएको संयोजक यादबले बताए । कञ्चनरुप नगरपालिकाको क्वारेन्टाइनमा बसेकी ति महिलालाई राति ज्वरो आएपछि ती चालिस वर्षिया महिलालाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणकालागि पठाईएको थियो । उनको रिपोर्ट निगेटिभ आए पनि हाल निगरानीमा रहेको जनाइको छ । सप्तरीमा यस अघि विदेशबाट आएका ९ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिव आएको थियो । अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा सोमवारसम्म एक सय ३० पुरुष र ९८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ४५ जनालाई क्वारेन्टाइन, ३६ जना होम क्वारेन्टाइन र पालिकाहरुमा स्थापना गरिएको क्वारेन्टाइनमा १४ जनालाई पठाईएको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले जानकारी दिएका छन् ।
कञ्चनरुप नगरपालिका–१ बैरवामा स्थित लक्ष्मी नारायण माबि स्थित क्वारेन्टाइनमा २३ जना, सर्बोदय माबिमा एक जना र सिमरा स्थित आधारभूत बिद्यालयमा ९ जना गरि ३३ जना क्वाइरेन्टाइमा रहेका छन् ।
प्रतिक्रिया