कञ्चनरुपको माबि बनरैत टोलमा क्वाइरेन्टाइन राख्ने विषयमा बिबाद ः प्रअ यादब माथि हातपात गर्नेलाई कार्यवाहीको माँग

  • चैत्र २७, २0७६
  • 0
...

कन्चनपुर,चैत्र २७ गते । राष्ट्रिय माध्यमिक बिद्यालय बनरैत टोलमा क्वाइरेन्टाइन राख्न लगाएको भन्दै बिद्यालयका प्रधानाध्यापक कृष्णा यादबमाथि कुटपिट गर्नेलाई कार्यवाहीको माँग गरिएको छ ।

क्वारेन्टाइन राख्ने विषयमा बुधबार साँझ बिबाद भएको थियो । स्थानीय जयकुमार बनरैत यादबले कुटपिट गरेको र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिनारायण बनरैत यादबले गाली ग्लोज गरेको विद्यालयका प्रअ कृष्णा यादबले विज्ञप्ति मार्फत जनाएको छ । विद्यालयका प्रअ यादबले घटनामा संलग्नलाई कार्यवाही गर्न माँग गरेका छन् ।

घटना यसरी भयो : क्ञ्चनरुप नगरपालिका–३की एक महिला महिलामा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिपछि स्वाब परीक्षण गर्न गत शनिवार आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्न धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । भारतको राजस्थानबाट दुई साता अघि आएकी ती महिलाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आयो ।

कञ्चनरुप नगरपालिका–११ सिमरा स्थित अधारभूत बिद्यालयको क्वारेन्टाइनमा बसेकी ति महिलालाई राति ज्वरो आएपछि ती चालिस वर्षिया महिलालाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणकालागि पठाईएको थियो । उनको रिपोर्ट निगेटिभ आए पछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले पुन ः सिमरा स्थित क्वाइरेन्टाइनमा पठादियो । तर सिमराका स्थानीयहरुले सबै वडामा क्वारेन्टाइनको व्यवस्था गरेकोले ३ नम्बरको बिरामीलाई ११ नम्बरको क्वारेन्टाइनमा राख्न नदिने भन्दै बिबाद सिर्जना ग¥यो । बिबाद भएपछि वडा नम्बर ३का वडाअध्यक्ष सत्यनारायण साह,स्वास्थ्य चौकी प्रमुख,इलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्र सहितको टोलीले माबि बनरेत टोलमा क्वारेन्टाइन राख्न गरी गायो । वडाअध्यक्ष साहले प्रअ यादबलाई पनि बोलायो । तर त्यहाँका स्थानीय हरिनारायण बनरैत लगायतकाले कुनै पनि हालतमा बिद्यालयमा क्वारेन्टाइन राख्न नदिने अडान लिदैं प्रअ यादब सहित जनप्रतिनिधिलाई समेत गाली ग्लोज ग¥यो ।

इलका प्रहरी कार्यालयले बरमझियाबाट सशस्त्र प्रहरीको थप मद्दत मगाएपछि मात्रै दुई जनालाई क्वारेन्टाइमा राखिएको थियो । वडाअध्यक्ष साहले पनि बिद्यालय प्रअमाथि भएको घटनाको दोषी उपर कार्यवाहीको लागि पहल गर्ने बताए । उनले भने,‘राज्यले सबै वडामा क्वारेन्टाइन राख्न भनेको छ,केही स्थानीयहरुले कुरै नबुझी अनाश्यक बिबाद सिर्जना गर्नुका साथै प्रअ लगायत हामीमाथि दुरव्यहार गरे,आवश्यक कार्यवाहीको लागि म पहल गर्छ ।’

प्रतिक्रिया