चौधरीको निधनले आदिवासी जनजाति महासंघ स्तब्ध

  • चैत्र २७, २0७६
  • 0
...

बिरेन्द्र बजार, २७ चैत। नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका सल्लाहकार युगुत लाल चौधरीको निधन भएको छ । मधुमेह पीडित चौधरीलाई एक्कसी रोगले च्यापेपछी उपचारका लागि अस्पताल लैजाने क्रममा बिहिवार बिहान ३ बजे ६४ बर्षको उमेरमा उनको निधन भएको हो । चौधरीको निधन प्रती नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले बिहीवार शोक बक्तब्य जारी गर्दै गहिरो दु:ख व्यक्त गरेको छ । महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले शोक बक्तब्य जारी गर्दै हाम्रा मार्गदर्शक महासंघका सल्लाहकारको दु:खद निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध तुल्याएको जनाएको छ । बक्तब्यमा देशमा कोरोना भाईरस कारण उत्पन्न परिस्थितिले भौतिक शरीरमा श्रद्धाञ्जली सम्म दिन नपाउदा अझ पीडा थपिएको भन्दै उहाको प्रेणाले संगठन र संस्थागत बिकासका निम्ति हामीलाई मिलेको प्रोत्साहन आदिबासी जनजाति समुदायले भुल्न नसक्ने भनी स्मरण समेत गरिएको छ । अध्यक्ष तामाङद्वारा जारी बक्तब्यमा उनको निधनले एक सशक्त, जुझारु, कर्मठ, ईमानदार अग्रज सहयोद्वा गुमाउनु परेको भन्दै शोक व्यक्त गरिएको छ । आदिवासी जनजातिको पहिचान र अधिकारका साथै सामाजिक रुपान्तरणका निम्ति दृढ अठोटका साथ महत्त्वपूर्ण भुमिका निर्बाहा गर्दै आफ्नो जिम्मेवारी कुशलतापुर्वक समाहाल्दै आएका चौधरीको निधनले समग्र पहिचानको आन्दोलनमा अपुरणिय क्षति पुगेको शोक बक्तब्यमा उल्लेख गरिएको छ । बक्तब्यमा स्वर्गीय चौधरीको योगदानको उच्चमुल्यांकन गर्दै मृत आत्माको चिराशान्तिको कामाना सहित श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजन प्रती समबेदना प्रकट गरिएको छ । चौधरीको पार्थिक शरीरलाई थारु परम्परा अनुसार खडक नगरपालिका १० स्थित पुर्खौली गाउँ बेल्हामा बिहिवार अन्यष्टी गरिएको उनका माईला छोरा राकेश चौधरीले जानकारी दिएको छ । चौधरी लामो समय देखि मघुमेह रोगबाट पीडित रहेका थिए । सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनामा स्थायी बसोबास गर्दै आएका स्वर्गीय चौधरीको श्रीमति र चार छोरा छ्न । उनी कृषि बिकास बैंकका सेवा निबृत प्रबन्धक समेत हुन ।

प्रतिक्रिया