कञ्चनपुर,चैत्र २७ । सप्तरीको कञ्चनरुप नगरपालिकामा राहत लिन ‘फर्जी’ गरिव तयार भएको छ ।
नगरपालिकाले दैनिक मजदुरी गरेर खाने र बिपन्नलाई राहत दिनेभएपछि वडा कार्यालयहरुले ६२ प्रतिशत जनता‘गरिब’भएको सूची पेश गरेको छ । कञ्चनरुप नगरपालिका २०७५ सालमा गरेको सर्वे अनुसार नगरपालिकाको कुल जनसंख्या ५५ हजार २ सय ६६ हो ।
नगरभित्र कूल ११ हजार ४६ घरधुरी छ । तर राहतका लागि वडागत रुपमा नमावली संकलन गर्न लगाइएकोपछि ६ हजार ९ सय ६७ घरधुरी ‘गरिब’ रहेको विवरण वडा कार्यालयहरुले नगरपालिकालाई बुझाएको छ । प्रदेश सरकारले राहत वितरणका लागि प्रत्येक वडामा वडाध्यक्ष संयोजक रहने गरी वडाभित्रका राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्रतिनिधि सदस्य र वडा सचिव सदस्यसचिव रहने समितिमार्फत लक्षित वर्ग छनोट गर्न भनेको छ । उक्त निर्देशिका अनुसार वडाअध्यक्षले छनौट गरेको नमावलीमा अपबाद बाहेक सबै वडामा राजनीतिक दलका प्रतिनिधिहरुले भोट बैंकका आधारमा राहत सूचीमा सबैजसोको नाम समावेश गरेपछि वास्तविक संख्याभन्दा धेरै गरिव देखिएको छ ।
सबभन्दा गरिब फर्जी गरिब वडा नम्बर १मा देखिएको छ । वडा नम्बर १मा ९४३ घरधुरी रहेकोमा ९४३ घरधुरी गरिव भएको सूची बुझाएको छ । वडा नम्बर २ले समेत ८७ प्रतिशत गरिब भएको सूची बुझाएको । त्यसपछि वडा नम्बर ५,६,९ र १० ले समेत फर्जी गरिबको सूचि बुझाएको छ । फर्जी गरिबको सूचि बुझाउनेहरुको नमावली नगरपालिकाका कर्मचारीले स्वीकार गर्दछ कि अस्वीकार त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया