अग्निसाईर कृष्णासवरन गाउँपालिकामा शुरु भयो राहात बितरण

  • चैत्र २७, २0७६
  • 0
...

बिरेन्द्र बजार, २७ चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाले लकडाउन प्रभावितहरुलाई राहत बितरण गरेको छ । कोरोना भाईरसबाट सुरक्षित रहन सरकारले गरेको लकडाउन प्रभावित अतिबिपन्न परिवारको पहिचान गरि बिहिवार देखि राहत बितरण गर्न शुरु गरेको हो ।

गाउँपालिकाले लक्षित समूह पहिचान तथा राहत बितरण समिति मार्फत विभिन्न वडाबाट राहात बितरण कार्य थालेको छ । गाउँपालिकाले विभिन्न वडाबाट सिफारिस गरि पठाइएका ३५ सय भन्दा बढी परिवारलाई राहात बितरण गर्ने योजना बनाएको जनाएको छ ।

गाउँपालिकाले वडा १ का ६ सय ५०, वडा २,३ र ४लाई प्रतिवडा ६ सय, वडा ५ लाई ६ सय ६५ र वडा नम्बर ६ का ४ सय अतिबिपन्न परिवारलाई राहात प्रदान गरिने गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले बताए । गाउँपालिकाद्वारा प्रती परिवार चामाल १५ किलो, दाल २ किलो, तेल १ लिटरको दरले प्रदान गरेको वडा नम्बर ३ का अध्यक्ष अरुण चौधरी बताए । उनले पहिलो प्रथामिकतामा द्लित समुदायलाई राखीको समेत जानकारी दिए ।

समितिले बाँडेको राहत लक्षित समुह पहिचान गरि बितरण भए-नभको बारे गाउँपालिकाले कडा निगारानी बढाएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मिना चौधरी निरन्तर राहत बितरण बारे स्थलगत निरीक्षण गरिरहेका छ्न । कतिपय वडामा नेपाल सरकारको कार्यबिधिलाई मिचेर राहत बितरण गरेको पाईएको उपाध्यक्ष मिना चौधरीले बताईन । बढिभिडभाड गर्ने , सर्वदलीय सर्वपक्षीय समिती गठन नगरी र समितिका पदाधिकारीको उपस्थिति बिनै राहात बाड्ने गरेको पाईएकाले कार्यबिधीलाई कार्यान्वयन र पालना गर्न सुझाव दिएको उनले बताईन । गाउँपालिकाले लकडाउनको समयमा कोहि भोकै बस्न नपरो भनी ६० लाखको राहात कोष खडा गरेको छ भने संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट समेतलाई सोही कोषमा राखेको छ । गाउँपालिकामा विभिन्न संघसंस्था र ब्यक्तिले समेत राहार बितरण गर्दै आएका छ्न ।

प्रतिक्रिया