जनप्रतिनिधि र प्रअ यादब माथि हातपात गर्नेलाई कार्यवाहीको माँग

  • चैत्र २८, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र २८ गते । राष्ट्रिय माध्यमिक बिद्यालय बनरैत टोलमा क्वाइरेन्टाइन राख्न लगाएको भन्दै बिद्यालयका प्रधानाध्यापक कृष्णा यादब र जनप्रतिनिधि माथि दुरव्यहार गर्नेलाई कार्यवाही गर्न माँग गरिएको छ ।

कञ्चनरुप नगरपालिका–३ का वडा अध्यक्षले घटनामा संलग्नलाई कार्यवाही गर्न इलका प्रहरी कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको छ । सो घटनाबारे नगरपालिकालाई समेत जानकारी गराइएको छ । वडा अध्यक्ष सत्यनरायण साहले बिहीबार साँझ प्रहरीलाई पत्राचार गरेका हुन् । क्वारेन्टाइन राख्ने विषयमा बुधबार साँझ बिबाद भएको थियो । स्थानीय जयकुमार बनरैत यादबले विद्यालयका प्रअ यादब र वडाअध्यक्ष साह समेतलाई गाली ग्लोज गरेको पत्रमा उल्लेख छ । वडा कार्यालयले गत चैत्र २३ गते नै विद्यालयमा क्वारेन्टाइन राख्न लिखित निर्देशन दिएकोमा केही व्यक्तिहरुले प्रअ यादब र वडा अध्यक्ष साह लगायतकालाई दुरव्यवहार गरेका थिए ।

कञ्चनरुप नगरपालिका–११ सिमरा स्थित अधारभूत बिद्यालयको क्वारेन्टाइनमा बसेकी एक महिलालाई गत शुक्रबार राति ज्वरो आएपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणकालागि पठाईएको थियो । उनको रिपोर्ट निगेटिभ आए पछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले पुन ः सिमरा स्थित क्वाइरेन्टाइनमा पठादियो । तर सिमराका स्थानीयहरुले सबै वडामा क्वारेन्टाइनको व्यवस्था गरेकोले ३ नम्बरको बिरामीलाई ११ नम्बरको क्वारेन्टाइनमा राख्न नदिने भन्दै बिबाद सिर्जना ग¥यो । बिबाद भएपछि वडा नम्बर ३का वडाअध्यक्ष सत्यनारायण साह,स्वास्थ्य चौकी प्रमुख,इलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्र सहितको टोलीले माबि बनरेत टोलमा क्वारेन्टाइन राख्न गरी गायो । वडाअध्यक्ष साहले प्रअ यादबलाई पनि बोलायो ।

तर त्यहाँका स्थानीय हरिनारायण बनरैत लगायतकाले कुनै पनि हालतमा बिद्यालयमा क्वारेन्टाइन राख्न नदिने अडान लिदैं प्रअ यादब सहित जनप्रतिनिधिलाई समेत गाली ग्लोज ग¥यो । इलका प्रहरी कार्यालयले बरमझियाबाट सशस्त्र प्रहरीको थप मद्दत मगाएपछि मात्रै दुई जनालाई क्वारेन्टाइमा राखिएको थियो ।

प्रतिक्रिया