कृषि उपज बजार व्यवस्थापन समितिको संयोजनमा दुई सय विपन्न परिवारलाई राहत वितरण

  • चैत्र २८, २0७६
  • 0
...

कञ्चनपुर, चैत्र २८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ८ हटिया स्थित कृषि उपज बजार व्यवस्थापन समितिले विभिन्न व्यापारीहरुसँगको सहकार्यमा करिब दुई सय विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

गत सोमबार ब्यवस्थापन समितिका पदाधिकारी र हटियाको व्यापारीहरुले ५० जना गरिब तथा विपन्न ५० परिवारलाई राहत वितरण गरेपछि थप समाजसेवी तथा व्यपारीहरुले सहयोग गर्ने इच्छा प्रकट गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन सरकारद्वारा घोषित लकडाउनको क्रममा बिहान बेलुका छाक टार्न समस्या भएका परिवारलाई व्यवस्थापन समिति र व्यापारीहरुको सहयोगमा राहत वितरण गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष संजिव कुमार साह (बब्लु) ले बताए ।

अहिलेसम्म गरिब तथा असहायलाई कृषि उपज बजार व्यवस्थापन समितिका पदाधिकारीका साथै प्रकाश साह,भरत किराना स्टोर,धरमेन्द्र,मुकेसबाट राहत वितरणमा सहयो गरेको छ । त्यस्तै चन्दन गुप्त बेरियर,कृष्णा सिंह बेरियर,महेन्द्र प्रसाद साह (मुना साह)कंचनपुर, बजरग राइस् मिल बेरियर,अनोज यादब, र कमल जैन (रूपनगर)ले सहयोग गरेका छन् ।

त्यस्तै मन्जु यदव,उमेश परिहस्त,ललन गुप्ता,रमेश रौनियार, नेपाल बैंकका शाखा प्रबन्धक भुवनेश यादब(व्यक्तिगत) बेचन गुप्ता,अविशेक शर्मा,मृगेन्द्र गुप्ता,चन्दन गुप्ता,सुरेश गुप्ता,उमेश स्वर्णकार,मंगल परियार,सत्यनारायण गुप्ता,भोला स्वर्णकार,शशी स्वर्णकार,काशीनाथ शरण,माल्ती झा,बिन्दु दासले सहयोग गरेका छन् । लकडाउनका कारण दैनिक ज्याला मजदुरीमा खट्न नपाएका कञ्चनरुप ८ का गरीब तथा विपन्न ५० परिवारलाई ३ केजी चामल , १ प्याकेट नुन , आधा केजी तेल , एक पाउ स्वाइबिन , चार सय ग्राम दाल ,एउटा माक्स प्रति परिवारका दरले वितरण गर्दै आएका छन् । ‘राहत वितरणमा स्वेच्छाले ब्यापारीहरुले सहयोग गर्न थालेपछि दैनिक ५० जना विपन्न परिवारलाई राहत वितरण गर्दै आएका छौं ।’ समितिका सचिव प्रताप साहले भने,‘राहत वितरणसँग लकडाउनको पालना गर्न सबैलाई आग्रह गछौं ।’

लकडाउन तेस्रो हप्ता चलिरहदाँ समेत कञ्चनरुप नगरपालिकामा विपन्नहरुलाई राहत वितरण गर्ने कुनै सुरसार छैन । राहतका लागि विपन्नको नाममा ‘फर्जी’ बिपन्नको सूचि बनेपछि थप समस्यामा छ । दैनिक मजदुरी गरेर खानेहरुलाई हातमुख जोड्न समस्या भएपछि समितिले राहत वितरणका लागि पहल थालेका हुन् ।

प्रतिक्रिया