बिरेन्द्र बजार, २८ चैत । सप्तरीको सप्तकोसी नगरपालिकामा शुक्रबार राहात कम बाँडेको भन्दै प्रदर्शन गरेको छ ।
तीन किलो चामल चाहिदैन बीस किलो चाहिन्छ भन्दै वडा नम्बर ५ बासी प्रदर्शनमा उत्रिएको हो । हातमा प्लेकार्ड लिएर सयौं संख्यामा रहेका स्थानीयले नाराबाजी गर्दै सडकमा उत्रिएका छ्न । सरकारले राहत बितरण कार्यबिधी जारी गरेपनी नगरपालिकाले उल्लंघन गरेको एक प्रदर्शनकारीले बताए । बीस किलो चामाल पाउने आसले राहात लिन पुग्दा तीन किलो मात्र वडाले दिनु खोजेकोले आन्दोलनमा उत्रिएको उनले बताए ।
नगरपालिकाले बितरण गरेको राहतले ठूलो परिवारलाई एकछाक पनि राम्रो नपुग्ने आन्दोलनकारीहरु बताउँछन् । नगरपालिकाले नामको मात्र राहत बितरण गरेको उनिहरुको आरोप छ । लकडाउनले दैनिक ज्यालामज्दुरीमा खट्न नपाउदा भोकभोकै बस्नु पर्ने बाध्यता हुदा समेत नगरपालिकाले राहातमा भेदभाव गरेको स्थानीयबासीहरुले गुनासो गरे ।
यसबारे सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम गौतमले कसैको उक्साहट प्रदर्शन गरेको बताए । राहत सम्बन्धि जानकारी नहुदा जनतामा आक्रोश देखिएको उनले बताए । प्रमुख गौतमका अनुसार प्रती ब्याक्ती साढे तीन किलो चामाल, दाल तिनसय ग्रम,तेल पाँच सय ग्राम,नुन एक किलोको दरले बितरण गरिएको जानकारी दिए । चार जना परिवार भएकाले १४ किलो र सो भन्दा बढी परिवारलाई सोही अनुसारको राहात प्रदान गरेको उनले प्रतिक्रिया दिए । गौतमले एकहप्ताको रासन प्रदान गरेको समेत दाबी गरे ।
प्रतिक्रिया