बिरेन्द्र बजार, २८ चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ सितापुरका लकडाउन प्रभावितलाई शुक्रबार राहात बितरण गरिएको छ । दैनिक ज्यालादारीमा खट्ने मजदुर र अतिबिपन्न परिवारलाई वडा कार्यालयले राहात उपलब्ध गराएका हुन ।
वडा कार्यालयमा लक्षित समूह पहिचान तथा राहात बितरण समितिले चामाल १५ किलो, दाल, २ किलो, तेल १ लिटरको दरले राहात प्रदान गरेका छ्न । राहात बितरण गर्दा लकडाउनको पुर्णपालाना गरेको भन्दै गाउँपालिका उपाध्यक्ष मिना चौधरीले राहत बितरण समितिको प्रशंसा गरिन ।
कार्यबिधिको पुर्ण पालाना गरि सामाजिक दुरि कायम गरेर राहात बितरण गरेको भन्दै उनले खुशी व्यक्त गरिन । उपाध्यक्ष चौधरीले समितिका पदाधिकारी, पत्रकार समेतको रोहवरमा सरकारको निर्देशन बमोजिम राहात बितरण गरेकोले यसबाट सबैले पाठ सिक्नु पर्ने बताईन । राहत बितरणको निरीक्षण गर्दै उपाध्यक्ष चौधरीले अतिबिपन्न र बास्ताबिक प्रभावितलाई नछुटाउन आग्रह गरिन । अनुगमनका क्रममा केही वडाले राहत बितरण कार्यबिधिको उल्लंघन गरेको पाएकाले पुर्ण पालाना गर्न आग्रह गरिएको उनले जानकारी दिईन ।
यसैबीच कुल ६ सय अति बिपन्न परिवारका लागि प्रदान गरिने राहत पहिलो दिन २ सय परिवारलाई बाँडिएको लक्षित समूह पहिचान तथा राहत बितरण समितीका संयोजक एबम वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले बताए । बाँकी रहेकालाई शनिबार बाँडिने समितिका सदस्य समाजवादी पार्टीका प्रतिनिधि श्याम चौधरीले जानकारी गराए । गाउँपालिकाले ६ वटै वडामा कुल ३५ सय ६५ परिवारलाई राहत बितरण गर्ने जनाएको छ । गाउँपालिकाले ६० लाखको राहत बितरण कोष समेत खडा गरेको छ भने संघीय र प्रदेश सरकारको उपलब्ध गराएको बजेट समेत सोही कोषमा जम्मा गरि ८५ लाख बनाएको छ ।
प्रतिक्रिया