राहतका लागि कञ्चनरुप नगरपालिकाको कार्यलय र वडा नम्बर ४का वडाअध्यक्षको घर घेराऊ

  • बैशाख ४, २0७७
  • 0
...

कञ्चनपुर,बैशाख ३ गते । कञ्चनरुप नगरपालिकामा राहत वितरण गर्नेबारे बैठक बसीरहकै समयमा बुधबार दिउसो विपन्न महिलाहरुको एक समूहले नगरपालिकाको कार्यलय र वडा नम्बर ४का वडाअध्यक्षको घर घेराऊ गरेका छन् ।

वडा नम्बर ४का विपन्न महिलाहरुको एक समूहले वडाअध्यक्षलाई खोज्दै निजको घर कञ्चनरुप नगरपालिका–८ बेरियरमा पुगेका थिए । पिडीत महिलाहरुले वडाअध्यक्षबारे सोधीखाजी गर्दा निजकी श्रीमतीले बाहिर रहेको जानकारी गराएका थिए । पिडीत महिलाहरुमध्ये केहीले वडाअध्यक्षको चर्को बिरोध गरेपछि निजकी श्रीमति र ती महिला समूहको बिचमा लुच्छाचुरी भएको थियो । वडाअध्यक्षकी नातीनीले बैठकमा रहेका वडाअध्यक्षलाई फोन गरेर बताएपछि उहाँ आएपछि झगडा सामन्य भएको थियो ।

वडाअध्यक्ष रामनारायण साहले वडाका प्रत्यासी उम्मेदबारले बेरियरमा राहत वितरण गर्ने सर्तमा आफनो घर घेराऊ गर्न पठाएको बताए । ‘ बेरियरमा केही व्यक्ति राहत वितरगा गर्दैआएका छन्, उनीहरुले नै सुनयोजित रुपमा मेरो घर घेराऊ गर्न पठाए ।’

वडाअध्यष साहले नगरपालिकाले राहत बारे कुनै औपचारिक निर्णय गर्न नसकेको समयमा घरमा राहत माँगन आएपछि बिबाद भएको बताए । त्यस्तै महिलाहरुको एक समूहले कञ्चनरुप नगरपालिकाको कार्यालय समेत घेराऊ गरेका थिए । उनीहरुले तत्काल राहत नदिएको नगरप्रमुख र वडाअध्यक्षहरुको घरमा धर्ना दिने धम्की दिएका थिए ।

प्रतिक्रिया