कञ्चनरुप वडा नम्बर ८ले परिवारसंख्याको अधारमा भोलीदेखी राहत वितरण गर्ने

  • बैशाख ४, २0७७
  • 0
...

कञ्चनपुर,बैशाख ४ गते । कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ले शुक्रबारदेखी राहत वितरण गर्ने भएको छ ।

परिवार संख्याको अधारमा तीन किसिमको प्याकेज बनाएर राहत वितरण गर्ने तयारी वडा कार्यलयले गरेको छ । १देखी ४ जनासम्म परिवार सदस्य भएकालाई १० किलो चामल, १ किलो दाल,तेल आधा लीटर,नून १ किलो,साबुन १ र सोयाविन एक पाउ वितरण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै ५ देखी ८ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाल,तेल १ लीटर,नून १ किलो,साबुन २ र सोयाविन एक पाउ तथा ९ जना भन्दा बढी परिवास संख्या भएकालाई २० किलो चामल, डेढ किलो दाल,तेल एक लीटर,नून १ किलो,साबुन ३ र सोयाविन एक पाउ वितरण गर्ने वडा राजकुमार अध्यक्ष साहले जानकारी दिएका छन् ।

वडा नम्बर ८का वडाअध्यक्ष राजकुमार साहले बिहीबार सूचना प्रकाशित गर्दै भोली अर्थात ५ गते शुक्रबार साविक कञ्चनपुर वडा नं.१ र २ का विपन्न,गरिब तथा दैनिक ज्यालादारी गर्र्नेलाई विहान ११ बजेदेखी २ बजेसम्म र ३ बजे राहत वितरण गर्नेछ । त्यस्तै सावि वडा नम्बर ३,४,५ र ६,७,८ र ९लाई बैशाख ६ गते राहत वितरण गरिने सूचनामा उल्लेख छ ।

अति विपन्न,गरिव र संकटासन्न परिवारको नाम छुट्न गएमा वडा कार्यालयमा बैशाख ८ गते नाम दर्ता गराउन भनिएको छ । वडा नम्बर ८ मा १३३६ घरधुरी रहेकोमा ४६८ परिवार विपन्न रहेको वडा कार्यलयले तथ्याकं पेश गरेपछि नगर कार्यपालिकाको बुधबार बसेको बैठकले ४ लाख ८० हजार रकम वडालाई राहतका लागि दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया