अत्यावश्यक बस्तुको नाममा लाखौंको मदिरा बोकेको ट्रयाक्टर सहित एक जना प्रहरी नियन्त्रणमा

  • बैशाख ५, २0७७
  • 0
...

कञ्चनपुर,बैशाख ४ गते । वडा प्रहरी कार्यालय राजविराजले बिहीबार राजबिराज नगरपालिका–६ बाट एक सय १६ काटुन मदिरा सहित ट्रयाक्टर नियन्त्रणमा लिएको छ । प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा बिना विल भरपाईको एक सय १६ कार्टुन विभिन्न ब्राण्डका मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हालै बिश्वभर देखा परेको कोरोना संक्रमण महामारीको रुपमा फैलिन नदिन नेपाल भर लकडाउन नेपाल सरकार द्वारा आदेश जारी भएको अवस्थामा विहानै करिब ५ ः ३० बजे उक्त टयाक्टरमा मदिरा लिएर जादै थियो ।

टयाक्टरमा दिलेवाले नामक मदिरा ९० काटुन,एम्बिसन नामक मदिरा २० काटुन र गोल्डहली नामक मदिरा ६ काटुन लोड थियो । कुनै पनि बिल भरपाई बिना अबैध रुपमा बिभीन्न ब्राण्डका मदिराहरु लोड गरी हालको बिसम परिस्थितीको नाजायज फाईदा उठाई अपराधिक कृयाकलापमा संलग्न रहेको उक्त ट्याकटर चालकसप्तरी महादेवा गाँउपालिका–१ बस्ने बर्ष ३२ को श्रवण मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जनाएको छ । लकडाउन उल्लंघन गरी अबैध कार्यमा संलग्न भएको प्रस्ट देखिएको हुदाँ ट्याक्टर सहित निज चालकलाई आवश्यक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय पठाईएको डिएसपी भारतीले जनाए ।

प्रतिक्रिया