कञ्चनपुर,बैशाख ६ गते । कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५,६ र ११ले पनि शनिबारदेखी राहत वितरण सुरु गरेका छन् । ‘कोविड–१९’को विश्वव्यापी महामारी रोक्न गत चैत्र ११ गतेदेखी देशव्यापी लकडाउन घोषण गरेपछि विपन्नलाई छाक टार्न समस्या उत्पन्न भएका छन् ।
विपन्न नागरिकलाई राहत स्वरुप नगरपालिकाले वडा कार्यालय मार्फत राहत वितरण सुरु गरेको हो ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५ले प्रति परिवार १५ किलो चामल र नगद एक सय २० रुपैया वितरण गरेको छ । वडाअध्यक्ष कैलाश साहले शनिबार ३१५ घर परिवारलाई राहत वितरण गरेको बताए । वडा नम्बर ५मा ७३७ घर परिवारका लागि ५ लाख ४० हजार रकम नगरपालिकाले दिएको छ ।
वडा नम्बर ११ले ५ परिवारसम्मलाई माक्स ५ थान, चामल १० किलो, नून एक किलो र दाल एक किलो,आधा किलो सोयाविन,आधा लिटर तेल र ३० रुपैया जाने साबुन वितरण गरेको छ । ७ जनाभन्दा बढी परिवारलाई चामल १५ किलो र माक्स ७ थान र अरु बाँकी सबै समन वितरण गरिएको वडाअध्यक्ष जिब्रिलले बताए । वडा नम्बर ११मा ४११ परिवारका लागि ५ लाख २२ हजार रकम आएको छ । वडाअध्यक्ष जिब्रिलका अनुसार साविवक ठेलिया गाविसको ९,८ र ६ का एक सय ५० परिवारलाई आज राहत वितरण गरिएको जनाएको छ ।
वडा नम्बर ६का अध्यक्ष जिब्रिलका अनुसार ३१६ विपन्नलाई प्रति परिवार १५ किलो चामल,२ वटा साबुन र २ किलो नून वितरण गरिएको जानकारी दिएको छ । वडा नम्बर ६मा ६१३ घरका लागि ४ लाख ५७ हजार रकम आएको छ । वडा नम्बर ८ र १० ले शुक्रबारदेखी नै राहत वितरण सुरु गरिसकेको छ । वडा नम्बर १,२,३,४,७,९ र १०ले राहतको लागि सामग्र िजुटाउँदै छ ।
गत बुधबार कञ्चनरुप नगरपालिकाका कार्यपालिका बैठकले राहत वितरणका लागि ४३ लाख एक हजार र प्रदेश २ सरकारले पठाएको १५ लाख जोडेर राहत कोषमा ५८ लाख एक हजार रकम बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । नगरपालिकाको कुल जनसंख्या ५५ हजार २ सय ६६ हो । नगरभित्र कूल ११ हजार ४६ घरधुरी छ । कञ्चनरुप नगरपालिकाले १२ वटै वडाहरुमा अतिििवपन्न,संकटासन्न र श्रमिक परिवारहरुबो तथ्याङ्क वडा कार्यालय अध्यक्ष संयोजक रहेको समिति मार्फत संकन गरेको थियो । उक्त समितिले नगरपालिकाले दैनिक मजदुरी गरेर खाने र बिपन्नलाई राहत दिनेभएपछि वडा कार्यालयहरुले ६ हजार ३ सय ७९ घरधुरी ‘गरिब’ (५८प्रतिशत) जनता ‘गरिब’भएको सूची पेश गरेका छन् ।
प्रतिक्रिया