बिरेन्द्र बजार, ०७ बैशाख । सप्तरीको बिरेन्द्र बजारबासीले बटुवाहरुलाई जलपान र भोजन गराएका छ्न । कोरोना भाईरसको जोखिम बढेसंगै सरकारले लकडाउन लम्बाए पछि लामो दुरिबाट आएका पैदल यात्रीलाई बजारबासीद्वारा जलपान र भोजनको ब्याबास्था मिलाएका हुन ।
बिरेन्द्र बजारबासीले पुर्वपश्चिम मार्गमा पैदल हिडेकाहरुलाई बोलाएर खाना खुवाएर पठाउने गरेका छ्न । काठमाडौ, पोखरा, नेपालगन्ज, बिराटनगर लगाएतका प्रमुख शहरबाट हप्तौं लगाएर पैदलै आएकाहरु र बाटोमा अलपत्र परेका मजदुर र बटुवालाई सहयोग गर्न बैशाख ४ गते देखि शिबिर चलाएको स्थानीय कुमार मान श्रेष्ठले बताए ।
बटुवाहरुलाई बिहान खाजा र दस बजे देखि खाना खुवाएर पठाउने गरेको समाजसेवी दिलिप दासले जानकारी दिए । स्थानीय ब्यबसायी, ब्यापारी, समाजसेवीहरुको सहयोगमा चलाएको खाना शिबिर लकडाउन अबधिभर जारी राखिने स्थानीय ब्यापारी देब नारायण साहले बताए । बजारबासीद्वारा ब्याबस्था मिलाएको खाना खानु पाउँदा बटुवाहरु खुशी देखिने गरेको छ ।
लामो दुरि हिडेर आएका पैदलयात्रीहरुले प्यास लागेर पानी खान कलमा जादा अन्य ठाउँमा दुरब्यबाहर गरेको दुखेसो सुनाए । लकडाउनमा होटल पसलहरु बन्द हुदा खाना र नास्ता गर्नु नपाएर भोकभोकै हिड्नु परेको पीडा बटुवाको छ । बाटो हिड्दा खेप्नु परेको सास्ती सुदाउदै पोखराबाट ११ दिन लगाएर बिरेन्द्र बजार पुगएका एक बटुवाले धेरै दिन पछि खान खान पाएको बताए । उनले मोरङ्गको बेलबारी पुग्दा प्राण नरहला भन्दै हरास व्यक्त गरे । सरकारले पुर्व सूचना लगडाउन गरेकोले उनि जस्ता धेरैले सस्ति खेपिरहेका छ्न ।
राजमार्गमा सयौं बटुवा खर्च अभावले भोकभोकै अलपत्र समेत पर्ने गरेका छ्न । बिरेन्द्र बजारको खानाको शिबिरको तथ्यांक अनुसार दैनिक सयौं पैदल यात्रीहरु हिड्ने गरेका छ्न । पैदल यात्रीको पीडा खेपिरहेका कुरा तिनै तहका सरकार र सरोकारवालाहरु बेखबर जस्तै देखिएका छ्न भने कतिपय ठाउँमा स्थानीयबासीले उद्वार गदै आएका छ्न । गत चैत ११ गते शुरु भएको लकडाउन हाल सम्म कायमै छ्न । लकडाउन लम्बिने भएपछि बाहिर हरेका मज्दुरल लगायतका मानिसहरू आ-आफ्नो गन्तव्य तर्फ पैदलमार्ग भएर जाने गरेको छ ।
प्रतिक्रिया