दोषीलाई कार्यवाही गर्ने विषयमा नगरप्रमुख मिश्र र वडाअध्यक्ष साहबीच बिबाद,अहिले कार्यपालिका बैठक बस्दै

  • बैशाख ८, २0७७
  • 0
...

कञ्चनपुर,बैशाख ८ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ मा राहत वितरणको तेस्रो दिन सुरुदेखी नै तनाव उत्पन्न भयो ।

तनावकाबीच राहत लिने सूचिमा रहेका ४६८ जनामध्ये ४६२जनाको राहत वितरण भइसकेको थियो । राहत लिने सूचिबाट असन्तुष्ट केही व्यक्तिलाई विपक्षी पार्टीका मेयर उम्मेदबारलाई वडाअध्यक्ष राजकुमार साह सहितका जनप्रतिनिधिलाई कुटपिट गर्ने नियोजित रुपमा प्रयोग गरेको थियो । वडा कार्यलयमै वडा सदस्य संजय पासवानसँग विरेन्द्र सरदारको समान्य हातपात भइसकेको थियो । वडा कार्यालय बाहिरको माहौल बिग्रिएपछि वडा कार्यालयले राहत वितरण स्थगित गरेको र शान्तिसुरक्षाका लागि व्यवस्था गरिदिनका लागि नगरपालिकालाई पत्रचार ग¥यो ।

व्डाअध्यक्ष राजकुमार साहले नगरपालिकालाई लेखेको पत्रमा भनिएको छ,‘वडामा राहत वितरण गरीरहेको अवस्थामा विन्देश्वर सरदारको छोरा विरेन्द्र सरदारले वडा कार्यालय कम्पाउण्डभित्र पसी जनप्रतिििनध र पदाधिकारीहरुमाथि गाली गलौज र हातपात गरेको हुँदा जिउ ज्यानको सुरक्षाको व्यवस्था नहुन्जेलसम्मका लागी राहत वितरण कार्य हाललाई स्थगित गर्ने सर्वदलिय समितिले निर्ण गरेको हुदाँ सो व्यहोरा जानकारीका लाििग अनुरोध छ ।’

वडा कार्यलयको पत्रका अधारमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले तत्कालै इलाका प्रहरी कार्यालय कंचनपुरलाई सुरक्षा प्रबन्ध गरिदिन पत्राचार ग¥यो । वडाका जनप्रतिनिधि र कर्मचारी सबै जना कार्यालय भित्रै बसेका थिए । बाहिर समूह समूहमा भिडभाड थियो । वडा कार्यलयमा जनप्रतिनिधिमाथि हातपात भइसकेपछि वडाअध्यक्ष राजकुमार साहले नगरप्रमुख वसन्तकुमार मिश्रलाई तीन पटक फोन गरेको भएपनि नगरप्रमुख हेर्न समेत नआएको वडा अध्यक्ष साहले बताए ।

नगरप्रमुख मिश्र नगरपालिका छेऊमै रहेको नगरका सल्लाहकार खिलानाथ पोखरेलको घरमा गएर बसेका थिए । भिडभाड कमभएपछि प्रहरीले वडाअध्यक्ष राजकुमार साहलाई घर पु¥याएका थिए । प्रहरीले वडासदस्य संजय पासवानलाई पनि घर पु¥याईदिने आग्रह गरेका थिए । तर भाई अजयसँगै रहेको अरु केही व्यक्तिपनिसँगै रहेकोले घटना हुदैँन भन्नेमा ढुक्क भएकाले प्रहरीको सुरक्षा विनै घर जान हिडेका थिए । घर नजिकै गएपछि पूर्वयोजना अनुसार एक्कासी वडासदस्य पासवानमाथि आक्रमण भयो ।

संघातिक आक्रमणका क्रममा पासवान र उनको भाई गम्भिर रुपमा घाईते भएका छन् । पासवान दाजुभाईको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा गरिए पश्चात आईतबार साँझ नै थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । वडा सदस्य संजय पासवानमाथि भएको संघातिक आक्रमणका दोषीलाई कार्यवाही गर्न वडाअध्यक्ष साहले पुन ः नगरप्रमुख मिश्रलाई पत्राचार ग¥यो । तर नगरप्रमुख मिश्रले उक्त पत्रमा तोक समेत नलगाएपछि वडाअध्यक्ष राजकुमार साह र मेयरकोबीचमा केही बेर भनाभन भयो । वडाअध्यक्ष साहले वडा कार्यालयको पत्र अनुसार घटनामा दोषीलाई कार्यवाहीका पहल गरिदिन आग्रह गरेको थियो । तर जति जोड गरेपनि नगरप्रमुख मिश्रले पत्रमा तोक नलगाएपछि नेकपा कार्यकर्ता समेतले दोषी उपर कार्यवाही नभए त्यसको परिणाम भयावह हुने चेतावनी दिएका थिए । वडा अध्यक्ष साहले नगरप्रमुख मिश्रको जे काम पनि ‘ आज होइन,भोली गर्ने ’ नीतिका कारण नगरपालिका पछि परेको र त्यसको मार सबै जनप्रतिनिधिलाई परेको बताएका थिए । दोषीलाई कार्यवाही गर्न पचात्रार नगरेपछि आक्रोशति हुदैँ वडा अध्यक्ष साहले नगरप्रमुख मिश्रलाई भने,‘तपाई जे कुरामा पनि पेन्डुलम बसीदिने व्यवहारको कारण नगरपालिका जनप्रतिनिधि र कर्मचारी असुरक्षित छ । तर अब हामी चुप लागेर बस्दैनौं ।’

वडाअध्यक्ष साह नगरपालिका प्रवक्ता समेत हुन । प्रवक्ता साहले सोमबार विहान ८ बजे नगरपालिकाको कार्यपालिका सदस्यहरुको आकस्मिक बैठक बोलाएर दोषी उपर कार्यवाही नभएसम्म राहत वितरण रोक्ने निर्णय गराउने बताए । घटना संलग्न विरेन्द्र सरदार,उनको भाई सुरेश सरदार लगायतका पूर्व माओवादी कार्यकर्ता हुन् । वडासदस्य पासवान पूर्व एमाले कार्यकर्ता । उक्त घटनामा माओवादी पक्षकाले घटना मिलाउन दवाव दिइरहेको र एमालेकाले जसरी पनि कार्यवाही गराउनेभएपछि ‘एमाले भर्सेस माओवादी’ हुने सम्भावना बढी रहेको वडाअध्यक्ष साहले नगरप्रमुख मिश्रलाई बिफ्रिङ्ग गर्दै सोही अनुसार लाग्न आग्रह गरेका थिए । वडाअध्यक्ष साह लगायतका टीमले दोषी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नुपर्ने माँग गर्दैछन् । नगरपालिकाले आईतबार नै नगरपालिका कानूनी सल्लाहकारलाई बोलाएर यस विषयमा छलफल समेत गरेको छ । आज विहान ८ बजे कार्यपालिकाबाट निर्णय गराएर कार्यवाही प्रक्रिया अघि बढाईने बताइएको छ ।

प्रतिक्रिया