कञ्चनपुर,बैशाख ८ गते । स्टोरीज अफ नेपालको सहयोग तथा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८को समन्वयमा ५० घर मुसहर समुदायलाई सोमबार राहत वितरण गरिएको छ ।
कञ्चनरुप नगरपालिका–५ प्रिपा स्थित मुसहर टोलमा भौतिक दुरी कायम गर्दै राहत वितरण गरिएको हो । राहतमा प्रति परिवार २५ किलो चामल,४ किलो दाल,४ लिटर तेल,५ किलो च्यूरा,३ किलो मुरही,४ किलो नून लगायतका सामग्री वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष कैलाश साह,इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधि र दलित सरोकार मञ्चका निर्देशक भोला पासवान,जिल्ला संयोजक राजकुमार पासवान,पत्रकार किशोर पासवान लगायतको उपस्थिती रहेको थियो ।
स्टोरीज आफ नेपालले दुई वर्षअघि बाढीको समयमा मञ्चसँग समन्वय गरेर ३५ घर मर्मत गरेको,६ जनाको जस्ता सहितको घर निमार्ण कार्य गरेको थियो ।
त्यस्तै गाउँका २८ जना महिलालाई मुढा बनाउन तालिम र १६ जना किशोरीहरुलाई सिलाई कटाईको तालिम संचालन गर्नुका साथै पूजीका लागि मुढा तालिमपछि सबैलाई ७ हजार र सिलाई कटाई तालिमका लिएकालाई १० हजार सहयोग गरेको थियो । स्टोरीज अफ नेपालका संस्थापक जयदेव पौडेलले कोरोना कोभिड–१९)मा आपत्तको समयमा गरिव विपन्न परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।
कोशी नदी किनारमा रहेका उक्त बस्तीका अधिकाश व्यक्ति दैनिक ज्यालादारी र कृषि मजदुरको रुपमा कार्यरत छन् । लकडाउन भएको महिना दिन वित्न लाग्दा अधिकाशको घरमा चुल्हो बल्न छोडेको स्थानीय मनभरन सदाले बताए । उनले भने,‘ जय पौडेल हाम्रो बस्तीको लागि धेरै काम गर्नुभएको छ,हामी सबै उहाँलाई हृदयदेखी धन्यवाद दिन चाहन्छौं ।’
प्रतिक्रिया