नेपालमा कोरोना संक्रमितको संख्या ४१,कञ्चनरुपमा एक सय २२ जनामा आरडिटी टेस्ट सबैको रिपोर्ट नेगेटिभ

  • बैशाख १0, २0७७
  • 0
...

कञ्चनपुर,वैशाख ९ गते । कञ्चनरुप नगरपालिकामा मंगलबारसम्म् एक २२ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उदयपुरको भुल्के स्थित मुस्लिम जमातीका १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको यात्रा बृतान्त(ट्राभेङ्गि हिस्ट्री) को आधारमा कञ्चनरुप नगरपालिका–२ स्थित मस्जिदमा बसेको आधारमा त्यहाँ सम्पर्कमा आएका ३९ जना व्यक्तिहरुको आरडिटी गरिएको हो । त्यस्तै सोही समूह कञ्चनरुप नगरपालिका–१२ चर्खियाको मस्जिदमा समेत बसेका हुदाँ त्यहाँ मंगलबार २७ को परीक्षणमा गरिएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका १० जना थुनुवाको सोमबार आरडिटी टेष्ट गरिएको थियो । बेल्टारबाट घर जादै गरेको थप ३ जनालाई कोशी टाप्पुबाट पक्राउ गरि उनीहरुको समेत आरडिटी टेष्ट गरिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव डम्बर प्रसाद गुप्ताले बताए । अहिलेसम्म नगरभित्र एक सय २२ जनाको टेष्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको गुप्ताले बताए । यसअघि सप्तकोसी नगरपालिको तीन टोलका मस्जिद तथा आसपासका स्थानीयहरुको कोरोना संक्रमणको आशंकामा आरडीटी रिपोर्टमा सबैको नेगेटिभ भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ मा ७५ जना, २ मा चार महिलासहित ६९ जना र वडा न ४ मा पाँच महिला सहित ३६ गरी १८० जनाको आरडीटी गरिएको थियो । यसैबीच उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया