कञ्चनपुर,बैशाख ११ गते । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको एकता घोषणाको खुशयालीमा कञ्चनरुप नगरपालिका–८ बेरियर चौकमा बिहीबार साँझ दिपावली गरिएको छ ।
राजपा र समाजवादी पार्टीले बुधबार मध्यराति पार्टी एकता गर्ने सहमति गरेका थिए । नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भएको छ ।
पार्टी एकता भएपछि कञ्चनरुप नगरपालिका नेता तथा कार्यकर्ताहरु उत्साही भएका छन् । दिपावलीमा दुवै पार्टीका जिल्ला,क्षेत्रिय र नगरस्तरी नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कर्यक्रममा समाजवादी पार्टीका जिल्ला सदस्य रामेश्वर यादब,नगर अध्यक्ष सुदम्बर यादब,अनोज यादब लगायतका दर्जनौ नेता सहभागी भएका थिए ।
त्यस्तै राजपाका दलित संघका केन्दि य अध्यक्ष श्यामसरदार,क्षेत्रिय सभापति माधव चौधरी,कञ्चनरुप नगर अध्यक्ष रामदेव मण्डल,कल्पना चौधरी,भागवत महतो,कञ्चनरुप नगरपालिका–७का वडाअध्यक्ष हरिकृष्ण महतो,चितरंजन यादब लगायतका दर्जनौ नेता तथा कार्यकर्ता दिपावलीमा सहभागि भएका थिए । सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन्।
दुवै दलसँग संघीय संसदमा १७र१७ जना सांसद रहेका छन्। समाजवादीका कम्तिमा सातजना सांसदले एक दुई दिनभित्रै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेपछि राजपा र समाजावादी त्यसलाई समेत रोक्ने गरी एकता भएको हो । यी दुईं पार्टीबीच एकताका लागि यसअघि नै गृहकार्य हुँदै आए पनि समाजवादी सरकारमा भएका कारण रोकिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दललाई विभाजन गर्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरु काउण्टर दिन एक ढिक्का भएका हुन्। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
प्रतिक्रिया