घोघनपुर तीन सय परिवारलाई राहत वितरण

  • बैशाख १२, २0७७
  • 0
...

कञ्चनपुर,बैशाख १२ गते । हस्तकला समान बनाउने संस्था लोकल वुमेन ह्यान्डी क्रापटका संस्थापक मजहर मियाँले कञ्चनरुप नगरपालिका–६ घोघनपुरमा तीन सय परिवारलाई राहत वितरण गरेको छ ।

विपन्न दलित,मुश्लिम र गरिव तीन सय परिवारलाई शुक्रबार राहत वितरण गरिएको महेन्द्र जनता माबिका प्रअ महम्मद सलिमले बताए । कोरानाका कारण लकडाउनमा बसेका गरिव विपन्न प्रति परिवारलाई चामल २५ केजी,मुरही ३ केजी,झूल १ एक थान,धारा तेल १ लिटर,मसुर दाल एक किलो,जीवन जल ३ पकेट,साबुन एक पिस,नून २ केजी वितरण गरिएको मजहर मियाँले बताए । कञ्चनरुप नगरपालिकाको प्रमुख वसन्तकुमार मिश्रको प्रमुख आथित्यमा आयोजित राहत वितरण कार्यक्रममा वडा नम्बर ६का वडाअध्यक्ष जिब्रिल,नेकपाका प्रदेश सदस्य महम्मद कलिम लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया