राजकुमार पासवान
कञ्चनपुर,बैशाख १२ गते । वेल्टहङ्गरहिल्फेको आर्थिक सहयोगमा कोरोना भाइरस रोकथाम तथा विरामी उपचार लागि प्रदेश २ सरकार सहित आठ वटा स्थानीय सरकालाई स्वास्थ्य तथा सरसफाई सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरस उदयपुरमा तिब्र रुपमा फैलिदै गईरेको विषम् परिस्थितीमा उक्त संस्थाहरु समन्वयमा वेल्टहङ्गरहिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल,फरवार्ड नेपाल,दलित सरोकार मञ्च र महुली सामुदायिक विकास केन्द्र समन्वयमा राजगढ गाउँपालिका,बिष्णुपुर गाउँपालिका र डाक्नेश्वरी नगरपालिका विहीबार हस्तान्तरण गरिएको हो ।
उक्त संस्थाका प्रतिनिधिहरुले सामुहिक रुपमा बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव र प्रमुख प्रशासकिय अधिकृत रंजितजंग अधिकारीको रोहबरमा आइआर थर्मोमिटर ४ वटा,सर्जिकल माक्स ६ सय,डिस्पोजेबल ग्लोभ्स १० प्याकेट,एन ९५ माक्स १५ वटा,सेनिटाइजर २०० एमएल १७ वटा र सेनिटाइजर ५०० एमएल ७० वटा ,गायतको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए । राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव र स्वास्थ्य शाखा संयोजक रामचन्द्र यादवको रोहबरमा आइआर थर्मोमिटर ७ वटा,सर्जिकल माक्स ६ सय,डिस्पोजेबल ग्लोभ्स ७ प्याकेट,एन ९५ माक्स १३ वटा,सेनिटाइजर २०० एमएल १७ वटा र सेनिटाइजर ५०० एमएल ७० वटा ,लगायतको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
डाक्नेश्वर नगरपालिकाका उप‐प्रमुख ईन्दु कुमारी यादव र स्वास्थ्य शखाका प्रतिनिधिको रोहबरमा आइआर थर्मोमिटर १० वटा,सर्जिकल माक्स १ हजार ८ सय,डिस्पोजेबल ग्लोभ्स १० प्याकेट,एन ९५ माक्स ३५ वटा,सेनिटाइजर २०० एमएल १७ वटा र सेनिटाइजर ५०० एमएल ७० वटा र सेनिटाइजर १०० एमएल ८० वटा लगायतको स्वास्थ्य सामग्रीहरु वेल्टहङ्गरहिल्फेका प्रतिनिधिले हस्तान्तरण गरेका थिए ।
यता बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले कोरोना भाइरसको महामारी स्वास्थ्य सामग्रीहरु सहयोग गरिएकोमा उक्त संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद समेत व्यक्त गरिएको थियो । सो स्वास्थ्य सामग्री हस्तान्तरणमा वेल्टहङ्गरहिल्फेका पोषण परियोजना संयोजक दिपेन्द्र चौधरी, आपुर्ति तथा लेखा अधिकृत राजेन्द्रराज भण्डारी,आसमान नेपाल सप्तरीका परियोजना संयोजक मृत्युजंय ठाकुर र दलित सरोकार मञ्च नेपाल सप्तरीका जिल्ला संयोजक राजकुमार पासवान समेत उपस्थिती रहेको थियो ।
स्वास्थ्य सामग्रीले हामीलाई सहज बनाएको छ ः स्वास्थ्य संयोजक धु्रव देव(बिष्णुपुर गाउँपालिका) कोरोना भाइरसका शंका लागेका विरामीहरु उपचार अपठ्यारो भईरहेको समय स्वास्थ्य सामग्री उपलब्ध गराई ठुलो सहयोग गरिएको बताए । स्वास्थ्य संयोजक देवले‐“ कोरोना कारण साधारण ज्वरो,खोकी जाचँमा समेत कठिनाई भईरहेको बेला कोरोना भाइरसको महामारी एंव विषम् परिस्थितीमा वेल्टहङ्गरहिल्फे र अन्य संस्थाहरुको समन्वयमा स्वास्थ्य सामग्री सहयोग गरेर स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज बनाएको बताए ।
कहाँ कहाँ हस्तान्तरण गरियौं स्वास्थ्य सामग्री : वेल्टहङ्गरहिल्फेको आर्थिक सहयोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका,राजगढ गाउँपालिका तथा बिष्णुपुर गाउँपालिका,सिरहाको सिरहा नगरपालिका,कल्यानपुर नगरपालिका तथा कर्जनाहा नगरपालिका,रौतहटको परोहा नगरपालिका तथा राजपुर नगरपालिका र सामाजिक विकास मन्त्रालय प्रदेश नं.२ मा समेत स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको वेल्टहङ्गरहिल्फेका आपुर्ति तथा लेखा अधिकृत राजेन्द्रराज भण्डारीले बताए ।
प्रतिक्रिया