कञ्चनपुर,बैशाख १४ गते । कोशी नदीको बगरमा सयौ विगहामा लगाइएको तरकारी र फलफुल लकडाउनका कारण कुहिने अवस्था भएपछि किसानहरु चिन्तित बनेका छन् ।
कोशीको पश्चिमतर्फको बगरमा करिब पाँच सय विघा बगरमा ,खिरी,तितेकरेला, फर्सी, कांक्रा, टमाटर, लौका, तरभुजा, खरभुजालगायतको खेती गरेका किसान विश्वव्यापी महाव्याधि कोभिड–१९ का कारण लकडाउन भएपछि एक करोडभन्दा बढी पूँजी डुब्ने चिन्ता किसानहरुको छ । करिब ८ महिनादेखी कोशी नदीको बगरमा झोपडी बनाएर भारतका २५ परिवार किसानले खेत् िगरेका छन् । बाढीले खेत कटान गरी बगरमा परिणत भएको फलफूल र तरकारीखेती गरी कृषकले रु सात लाखभन्दा बढी आम्दानी गरेका छन् ।
खेतीका लागि न्यूनतम् दुई लाखदेखी दश लाख रकम लगानी गरेका किसानहरु तरकारीबिक्रिहुने समयमा लकडाउन भएपछि मार्कामा परेका छन् । संयौं विगहामा लगाइएको तरभूजा बिक्री गर्ने समय १५ दिन ढिलो भयसक्यो तर लकडाउन खुल्लने छाटकाट छैन । २५ जना कृषकले तरभुजा, काँक्रो, लौका, करेलाखेती गरी दुई करोडभन्दबढी आम्दनी गर्ने लक्ष्य राखेका थिए ।
तर लकडाउनका कारण लागत समेत उठ्न कठिनाई भएको किसानहरुले गुनासो गरे । किसान लगाएका लौका,खिरी बारीमै छिपिसक्यो । स्थानीय सरकारले तरकारी बिक्रीका लागि समन्य गर्नु पर्ने र तरभुजा बिक्रीका लागि काठमाणडौं लगायतका व्यापारीसँग समन्यव गरि सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् । घनाबस्तीमा भन्दा टाढा खेति गरिएकोले स्थानीय बजारको समेत समस्या छ । बाहिर समान बिक्री गर्न प्रहरीले जान दिदैन ।
स्थानीयहरुले समेत जर्वजस्ती समान लिएर जाने गरेको किसानहरुले पिडा पोखे । संघीय सरकार र प्रदेश २ सरकाले किसानहरुलाई राहतको प्याकेज ल्याएको छ । तर किसानहरु भारतीय नागरिक भएकोले राहत पाउन समेत कठिनाई हुने देखिन्छ ।
प्रतिक्रिया