कञ्चनपुर,बैशाख १४ गते । कंचनरुप र सप्तकोशी नगरपालिकाको क्वारेन्टाइन र मस्जिदमा बसेका एक सय ५५ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।
भारतीय संक्रमितको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गरिने भएको छ । कञ्चनरुप नगरपालिकाको बरमझिया र चर्खिया मस्जिदमा बसेका र क्वारेन्टाइनमा बसेका ४३ जनाको स्वाबको नमूना संकलन गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर संजीव झाले बताए ।
सप्तकोसी नगरपालिका भित्र भारत लगायत अन्य देश तथा नेपालका विभिन्न ठाउँ बाट आएका ब्यक्ती र नगर भित्र बसोवास गरिरहेका कोरोना सन्कास्पद क्षेत्रका ११२ जना स्थानियको पिसिआर बिधिबाट कोरोना परिक्षण का लागि स्वाब संकलन गरिएको छ । यसअघि कञ्चनरुप नगरपालिकामा एक सय २२ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
उदयपुरको भुल्के स्थित मुस्लिम जमातीका १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको यात्रा बृतान्त(ट्राभेङ्गि हिस्ट्री) को आधारमा कञ्चनरुप नगरपालिका–२ स्थित मस्जिदमा बसेको आधारमा त्यहाँ सम्पर्कमा आएका ३९ जना व्यक्तिहरुको आरडिटी गरिएको थियो । त्यस्तै सोही समूह कञ्चनरुप नगरपालिका–१२ चर्खियाको मस्जिदमा समेत बसेका हुदाँ त्यहाँ मंगलबार २७ को परीक्षणमा गरिएको थियो ।
भुल्केकै समूह सप्तकोसी नगरपालिकाको मस्जिदमा पनि बसेको थियो । सप्तकोशी नपाका तीन टोलका मस्जिद तथा आसपासका स्थानीयहरुको कोरोना संक्रमणको आशंकामा आरडीटी रिपोर्टमा सबैको नेगेटिभ भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ मा ७५ जना, २ मा चार महिलासहित ६९ जना र वडा न ४ मा पाँच महिला सहित ३६ गरी १८० जनाको आरडीटी गरिएको थियो ।
प्रतिक्रिया