राहत वितरणमा अनियमिता गरेको भन्दै कञ्चनरुपको वडा नम्बर ९ मा तालाबन्दी

  • बैशाख १६, २0७७
  • 0
...

कञ्चनपुर,बैशाख १६ गते । कञ्चनरुप नगरपालिकाको वडा नम्बर–९मा वडाअध्यक्ष लक्षमण यादबले राहत वितरणमा अनियमिता गरेको भन्दै स्थानीयहरुले मंगलबार कार्यालय र राहतको गोदाममा तालाबन्दी गरेका छन् ।

‘कोविड–१९’को विश्वव्यापी महामारी रोक्न गत चैत्र ११ गतेदेखी देशव्यापी लकडाउन घोषण गरेपछि विपन्नलाई छाक टार्न समस्या भइरहदा वडा कार्यालयले राहत वितरणमा अनियमिता गरेपछि तालाबन्दी गरिएको स्थानीय भोला यादबले बताए । वडा नम्बर ९ मा नगरपालिकाले ५ लाख ४ हजार रकम राहत वितरणका लागि पठाएको थियो ।

वडा कार्यालयले ५ सय घरधुरीलाई राहत दिन सूचि तयार गरेका छन् । तर कञ्चनरुप नगरपालिकाले सोमबारसम्म वडा नम्बर ९ले तीन सय घरधुरीलाई राहत वितरण गरेको जनाएको छ । गत बुधबार कञ्चनरुप नगरपालिकाका कार्यपालिका बैठकले राहत वितरणका लागि ४३ लाख एक हजार र प्रदेश २ सरकारले पठाएको १५ लाख जोडेर राहत कोषमा ५८ लाख एक हजार रकम बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

 

स्थानीयहरुले वडाअध्यक्ष यादबले राहतमा आफना पार्टीका कार्यकर्तालाई मनपर्दी वितरण गरेको,एउटै परिवारमा चार जनासम्मलाई दिएको तर अपाङ्गगता र विपन्न दलित समुदायलाई राहत नदिएको आरोप लगाएका छन् । तालाबन्दीको विषयमा बुझन वडाअध्यक्ष लक्ष्मण यादबको मोइलमा सम्पर्क गर्दा स्वीचअफ छ ।

प्रतिक्रिया