कञ्चनपुर,बैशाख १७ गते । कञ्चनरुप नगरपालिकाको वडा नम्बर–४का राहत वितरण समितिका दुई जना सदस्यलाई स्थानीयहरुले राहतको चामल बिक्री गरिरहेको अवस्थामा बुधबार पक्राउ गरेको छ ।
वडा नम्बर ४ मा राहत वितरण गरेर बाँकी रहेको चामल बिक्री गर्न राहत वितरण समितिका सदस्य दुई जना विद्यालयका प्रधानाध्यपाकलाई स्थानीयहरुले पक्राउ गरेको हो । कञ्चनरुप नगरपालिका–८ स्थित शम्भु प्रसाद गुप्ताको राईस मिलमा चामल बिक्री गर्न आएको बेला दुवै जनालाई पक्राउ गरि स्थानीयहरुले प्रहरीलाई जिम्मा लगाएको छ ।
वडा नम्बर ४मा ६ सय १३घरधुरीलाई राहत वितरण गर्न ५ लाख ११ हजार रकम नगरापालिकाले वडा कार्यालयलाई दिएको थियो । वडा कार्यालयले १५ र १० किलो चामल ६९०घरधुरीलाई वितरण गरेको वडा नम्बर ४का वडाअध्इक्ष रामनारायण साहले बताए । वडाअध्यक्ष साहका अनुसार राहत रकम अपुग भएपछि वितरण गरेर बाँकी रहेको चामल मिलमा फिर्ता गर्न गएको दावी गरेका छन् ।
वडा अध्यक्षको संयोजकत्वमा चार दलका प्रतिनिधि,विद्यालयका प्रअ र सुरक्षाकर्मी सम्मिल समितिले राहत वितरण गरेका छन् । राजनीतिक दलका प्रतिनिधि गएपछि जनताले सजिलै पहिचान गर्छन् भनेर विद्यालयका प्रअहरु मर्फत चामल बिक्री गर्न लगिएको स्थानीयको भनाई छ । स्थानीइहरुले मिल ने घेरेपछि प्रहरीले उद्धार गरेर दुवै जनालाई इलका प्रहरी कार्यालय कञ्चनपुरमा लगेका छन् ।
प्रतिक्रिया