कञ्चनपुर,बैशाख १७ गते । गत बैशाख १गते कोशी नदीको बाँध छेउमा मृत अवस्थामा भेटिएका १६ वर्षिया सुरज साहको आफनै साथीहरुले हत्या गरेको खुलेको छ ।
मृत्तक सुरज साह सोनारलाई अभियुक्तहरु सुजित कुमार मुखिया, प्याँ–प्याँ भन्ने कृष्ण कुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डलले हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी मकेन्द्रकुमार मिश्र नेतृत्वको अनुसन्धान टोलीले हत्यामा संलग्न फरार तीनै जना प्रतिवादीहरु लाई पक्राउ गरेको छ ।
अभियुक्तहरुले हत्यामा प्रयोग गरेका सामानहरु फलाम काट्ने कट्टर , खुकुरी र बोरा) सहित बरामद गरी बुधबार सप्तरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जनाएको छ ।
यस्तो थियो घटना : गत चैत्र ३० गते राती सप्तरी हनुमानगर कंकालिनी नगरपालिका वडा नं १ स्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा सोही ठाउँ बस्ने जानो साह सोनारको छोरा बर्ष १६ को सुरज साह सोनारको शव भेटिएको थियो ।
मानिसहरुले फलामको घरेलु हतियार समेतले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरीएकोले प्रहरीले कर्तव्य गरी मारेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसप िमकेन्द्रकुमार मिश्रको नेतृत्वमा अनुसन्धान सुरु गरेको थियो । अभियुक्तहरुले घटनास्थलमा कुनै प्रमाण नछोडेकोले अनुसन्धान गर्न प्रहरीलाई झण्डै १५ दिन समय लाग्यो । चैत्र ३० गते साँझको अं ७ः३० बजेको समयमा जिल्ला सप्तरी हनुमानगर कंकालिनी न.पा. वडा नं १ स्थितमा रहेको कंकालिनी मन्दिरदेखि करिव १ कि.मि.दक्षिणतर्फ बाँधको बाटो छेउको पोखरी डिलमा बसी हालका मृत्तक सुरज साह सोनार र अभियुक्तहरु सुजित कुमार मुखिया, प्याँ(प्याँ भन्ने कृष्ण कुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डल समेत भई गाँजा थिए ।
उनीहरुले गाँजा खाने क्रममा आज राती हामी सबै जना मिली चोरी गर्नु पर्छ भनी योजना बनाएको थियो । इप्रका कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चोरी गर्न आवश्यक पर्ने सामानहरु कट्टर, खुकुरी र बोरा ल्याउनका लागि मृत्तक सुरज साहलाई जिम्मा दिई सबै जना खाना खानका लागि आ–आफ्नो घर गई पुनः करिब १ घण्टापछी चारै जना गाउँ नजिकैको आँपको बगैचामा भेटेका थिए । हालका मृत्तक सुरज साहले साथमा बोकी ल्याएको सोनपिच(सुलेसन) नामक लागु औषध सबैले खाई नसाले लठ्ठ परेपछी करिब १०ः३० बजेको समयतिर कंकालिनी मन्दिर अगाडीको चोकमा जम्मा भएको थियो । सोही समयमा सुजित कुमार मुखियाले सुरज साहको साथमा भएको ताल्चा काट्ने कट्टरले जिस्किने क्रममा सुरज साहको टाउकोमा हान्दा (प्रहार गर्दा) नसाको सुरमा रहेका सुरज साह बेहोस भई सोही ठाउँमा लम्पसार भई ढलेको अभियुक्तहरुले प्रहरीलाई बयानमा भनेको छ । सुरज ढलेपछि तीनै जना अभियुक्त मिली प्लास्टिकको बोरामा रहेको निलो रंगको लेसले सुरज साहको घाँटीमा बाँधी तान्दै गर्दा लात्ती र कट्टर समेतले प्रहार गरेको थियो । ऋभियुक्त तिनै जनाले यो त मरिसक्यो यसलाई साइड लगाउनुपर्छ भन्दै प्लास्टिकको बोरामा हाली भलुवातर्फ लगेका थिए ।
बाँधतर्फ लानेक्रममा सुरज जिवित पो छ कि भन्ने आशंकामा कोशी बाँधको छेउमा लगेर फलामको खुकुरीले पुन : सुरज साहको टाउकोमा तीन–तीन पटक प्रहार गरेको अभियुक्तहरुले बयान दिएको डिएसपी मिश्रले बताए । मृतक साहलाई रगताम्मे बनाई बाटो छेउकै झाडीमा फाली सो ठाउँबाट तीन जना भागी फरार भएका थिए ।
प्रतिक्रिया