आगलागिबाट ६ जना दलितको घर खरानी,९ लाखको क्षति

  • बैशाख १८, २0७७
  • 0
...

कञ्चनपुर,बैशाख १७ गते । सप्तरीको सुरुङगा नगरपालिका–३ बिस्नरिया टोलमा बुधबार साँझ आगलागी हुदाँ ९ला बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय हरि मण्डलको घरमा अचानक आगलागि भएको भएपछि उनी सहति ६ जनाको धनमाल, लताकपडा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।

आगलागीबाट बद्रि मण्डलको तीन वर्षिया छोरा कृष्ण मण्डलको अनुहार, टाउको, दुवै हात र दाहिने खुट्टा जलेको छ । उनलाई उपचारको लागि नरसंहि अस्पताल लाहानमा भर्ना गरिएको छ । आगलागीबाट सुरुङगा नगरपालिका ३ बस्ने ४५ हरि मण्डलको घरमा तिन कुईटल चामल, पाउजु चाँदि १० तोला, चाँदिको बाला १० तोला, किस्ताको लागि भनि राखिएको नगद एक लाख १० हजार र शरिरमा लगाएको लुगा बाहेक सम्पुर्ण सामन जलेको छ ।

उनको करिब पाँच लाख बराबरको क्षति भएको छ । त्यस्तै बद्रि मण्डलको ५० हजार ,सन्तोष सदाको चामल ६० के.जि. र १० हजार गरी ४५ हजार,चिच्चाई सदाले कान्छि छोरीको बिबाहको लागी भनि राखिएको नगद ६० हजार र २ कुईटल चालम जलेर नष्ट भएको छ । जोगेन्द्र सदाको छोराले विदेश बाट नगद एक लाख ,२ आना सुन गरी कबिर १ लाख ५० हजार, तिमा सदाको चामल ५० के.जि., धान ४ मन र किस्ताको लागि भनि राखिएको पैसा १० हजार गरी ५० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जनाएको छ ।

प्रतिक्रिया